नगरपालिकाले घटायो एम्बुलेन्सको भाडादर
दैलेख : दुल्लु अस्पताल बाट संचालन हुने एम्बुलेन्सको भाडादर घटाइएको छ । जिल्ला एम्बुलेन्स ब्यबस्थापन समिति तथा छिमेकी पालीकाहरुको दर रेटलाई आधार मानी जिल्ला भित्र र जिल्ला बाहीरको भाँडादर घटाइएको दुल्लु अस्पताल दैलेखले जानकारी दिएको छ । दुल्लु नगरपालिका बाट संचालीत दुल्लु अस्पताल बाट संचालन हुने एम्बुलेन्सको भाँडा महंगो भएको गुनासो आएपछि नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकले एम्बुलेन्सको भाँडादर नयाँ कायम गरिएको दुल्लु नगरपालिकाका प्रवत्ता दिपेन्द्र पुरीले जानकारी दिए । उनले दुल्लु नगरपालिका बाट दैलेख सदरमुकाममा अस्पतालमा ल्याउँदा बिगतमा छ हजार लिने गरेकोमा अव तीन हजार पाँच सयमा ल्याउने ,दुल्लु नगरपालिका देखी सुर्खेत सम्म दश हजार लिने गरिएकोमा सात हजार आठसय कामय गर्ने,दुल्लु देखी नेपालगञ्जको १५ हजार लिने गरेकोमा दश हजार पाँच सय लिने निर्णय गरिएको छ । दुल्लु अस्पताल बाट संचालन हुने एम्बुलेन्सको भाँडादर महांगो भएको र विपन्न तथा आर्थिक अबस्था कमजोर भएका नागरिकलाई तिर्न समस्या भएको गुनासो आएपछि भाँडादर घटाइएको दुल्लु नगरपालिकाले जनाएको छ ।