Loading... आजः बिहिबार, माघ १०, २०८१
Trending

निर्माणको अन्तिम चरणमा पुष्पलाल मध्यपहाडी राजमार्ग


दैलेख  :   पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत दैलेख खण्डको काम अन्तिम चरणमा पुगेको छ । दैलेख खण्डमा पर्ने १ सय २५ किलोमिटर क्षेत्र मध्ये ठेक्का व्यवस्थापन भएको १ सय २२.५ किलोमिटर क्षेत्रको काम अन्तिम चरणमा पुगेको हो । ठेक्का व्यवस्थापन भएको मध्ये हालसम्म आयोजना निर्माणको काम ९९ प्रतिशत सम्पन्न भएका पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले जानकारी दिएको छ ।
पुष्पलाल (मध्यपहाडी राजमार्ग योजनाका योजना प्रमुख इन्जिनिएर अन्जु परियारले ठेक्का व्यवस्थापन भएका खण्ड मध्ये करिब दुई किलोमिटर क्षेत्रमा मात्र काम हुन बाँकी रहेको जानकारी दिइन । उनले दैलेख खण्डमा पर्ने आठ वटा पुल निर्माणको काम समेत सम्पन्न भइसकेको र बाँकी रहेको दुई वटा स्थानको काम सम्पन्न सरोकारवाला निकाय संग समन्वय गरिरहेको बताइ । उनले भनिन दैलेख जाहारकोट खण्डको तीन सय मिटरमा अदालत बाट मुद्धा परेर यथास्थितीमा काम अगाडी नबढाउनु भन्ने आदेशका कारण काम हुन नसकेको र बजार क्षेत्रको सनत मोडमा समेत विबाद भएका कारण हुन सकेको छैन ।

आयोजनाका अनुसार निर्माण भइसकेको ठेक्काको म्याद समेत समाप्त भइसकेको अबस्थामा त्यसको पुर्न निर्माणका लागी मन्घर खण्डको सुयाडामा सडक भत्केका कारण पुनःनिर्माणको काम अघि ठेक्का समेत लगाइसकेको जनाएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाले दैलेखको समग्र विकासमा टेवा पु¥याएको छ । दैलेखको पुर्व मन्घर देखी पश्चिमको साइखोला सम्म सडक निर्माणको काम सम्पन्न भए संगै दैलेख जिल्लाको बिकासको मेरुदण्डका रुपमा स्थानीय नागरिकले समेत लिने गरेका छन ।

दैलेखको भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मिना थापाले मध्यपहाडी राजगर्माले जिल्लाको विकासमा महत्वपूर्ण फ्डको मारेको बताइन । उनले हाम्रा गाउँमा हामीले यस्ताखालका सडक निर्माण गर्न सक्ने थियनौ एउटा गौरवको आयोजनाले गाउँमा कालोपत्रे भएपछि नागरिकलाई समेत सहजता बनाएको बताइन । उनले भनिन अहिले गाउँमा उत्पादन भएको हिउदे तथा नगदे बालीको बजारीकरण गर्न समेत सहज भएको छ ।
राजमार्गको दैलेख खण्डका विभिन्न क्षेत्रमा साना बजारहरूको विकास हुँदै गएको देखिन्छ । बजार विस्तारले ग्रामीण वस्तिका नागरिकले उत्पादन गरेको कृषि वस्तु लगायत अन्य सामग्री सहजै बिक्री गर्न पाएका छन् । यातायातका हिसाबले नागरिकलाई सहजता समेत ल्याएको छ ।