Loading... आजः बिहिबार, माघ १०, २०८१
Trending

निसास्सीएर मृत्यु भएका परिवारलाई राहत


दैलेख  :   सुर्खेतको बीरेन्द्रनगर नगरपालिका –४ भैरवस्थानको समाबेशी टोलमा कोइला बालेर सुतेर निशास्सीएर मृत्यु भएका र रोजगारीको सिलशिलामा मलेसियामा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने भएको छ । जिल्लाको महावु गाउँपालिकाले महावु गाउँपालिका –१ खरिगैराका मृतकका परिवारलाई महावु गाउँपालिकाले जनहि २१ हजारका दरले राहत उपलब्ध गराउने भएको छ ।
महावु गाउँपालिका–२ का वडाध्यक्ष एवम गाउँपालिकाका प्रवत्ता प्रकाश थापाले महावु गाउँपालिका–१ घर भई सुर्खेतमा बसोबास गर्दै आएका मृतकका परिवारलाई जनही २१ हजारका दरले राहत स्वरुप प्रदान गर्ने शुक्रवार बसेको छैठौँ गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको जानकारी दिए । उनले महावु गाउँपालिका–५ कासिकाँध घर भई रोजगारीको सिलशिलामा मलेसिया पुगेर सडक दुर्घटना भई मृत्यु भएका कमल बहादुर शाहीको परिवारलाई समेत काठमाण्डौ बाट शव दैलेख ल्याउने खर्च र क्रिया खर्च समेत प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो मलेसिया बाट नेपाल सरकारको सहयोगमा शव ल्याउने तयारी गरेको र त्यहाँ बाट दैलेख ल्याउने खर्च पालिकाले ब्यहोर्ने छ ।
आगोको कोइला बालेर निसास्सीएर मृत्यु हुनेमा महावु गाउँपालिका–१ खरिगैराका ३० बर्षिय देबीसरा थापा घर्ती, ६ वर्षिय छोरा रियान घर्ती र नौ वर्षिय रिया घर्ती रहेका छन । आमा देबीसरा घर्ती र छोरा रियान घर्तीको अस्पतालमा पु¥याउँदै गर्दा मृत्यु भएको थियो भने नौ बर्षिया छोरी रिया घर्तीको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो । उनीहरु सुतेको कोठामा झ्याल लगाइएको र तसलामा कोईला बलिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।