Loading... आजः बिहिबार, माघ १०, २०८१
Trending

प्रतिशोधका आधारमा मुद्धा लगाईयो : पुर्व मुख्यमन्त्री शाही


दैलेख  :   नेपाली काँग्रेसका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य एवम कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले आफ्नो राजनितिक समाप्त पार्नका लागी वाइडबडि खरिद सम्बन्धि मुद्धामा आफुलाई फसाइएको बताएका छन । शनिवार प्रेस युनियन दैलेखले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले प्रतिशोध पुर्ण ब्यबहार गरी आफुलाई मुद्धा चलाइएको बताए । उनले सस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रीका रुपमा मन्त्री हुनुभएका अन्यमन्त्रीहरुलाई मुद्धा नचलाएर आफुलाई मुद्धा चलाउनु राजनितिक प्रतिशोध रहेको टिप्पणी गरे ।

संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री हुनु अगावै दुई वटा वाइड बडि खरिद प्रक्रियाको (एमओयु) भएर आपुर्तीकर्तालाई बिमान खरिदको सुनिश्चिताको लागी पठाइइने प्रतिबद्धता शुल्क अमेरिकी डलरमा भुक्तानी गर्नु पर्ने भएपछि सटहीका लागी सम्बन्धित मन्त्रालय हुदै अर्थमन्त्रालय र राष्ट्रबैकमा सिफारिस गरी सदर भएको बाहेक आफुनो कुनै संलग्नता नरहेको अबस्थामा राजनितिक चरित्र हत्या गरी प्रतिशोधका आधारमा आफुलाई मुद्धा लगाइएको शाहीको भनाइछ । उनले अमेरिकी डलर सटहीका लागी सम्बन्धित मन्त्रीको हैसियतले सिफारिसमा टिप्पणी सदर गरेको मात्र कार्यमा निजको बदनियतपूर्ण संलग्नता नरहेको भनेर बिशेष अदालतले आफुलाई सफाई दिएको बताए ।
जिल्लाका पत्रकारहरु संग कुरा गर्दै पुर्ब मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागी सबै भन्दा अगाडी पूर्वधारहरु निर्माण गर्न तर्फ लाग्नु पर्ने बताए । उनले भारतको जमुनाह हुदै जाने त्रिदेशी सडक,कर्णाली करिडोर भेरी करिडोर निर्माण गरी पर्यटनको माध्यम बाट कर्णालीको विकास गर्न सकिने बताए । उनले भने आफु मुख्यमन्त्री हुँदा अगाडी सोर ६ ब को अवधारणाले नै कर्णालीको विकास सम्भव रहेको र त्यसमा सत्ता साझेदार दलको ससंदीय दलको नेता भएका हिसावले त्यसलाई कार्यान्वयन गर्न लागी पर्नेछ ।

दैलेखको जलजलेमा पेट्रोलिय पद्धार्थको अन्बेषणका लागी भइरहेको ड्रिलिङ कार्य चाँडै सकिने र पेट्रोल भन्दा पनि ग्याँसको सम्भावना रहेकाले त्यसको प्रशोधन दैलेखमै गर्न केन्द्रिय सरकार र चाइना सरकार संग कुरा गर्नु पर्ने बताए । पहिलो लाभ दैलेख जिल्लाले पाएपछि त्यसपछि प्रदेश र संघिय सरकारलाई त्यस बाट प्राप्त हुने आम्दानी र सेवा सुविधाको प्रयोग गर्न पाउनु पर्छ भन्नेमा आफु लागी परेको शाहीको भनाइछ । भारतीय जीएमआर कम्पनी निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको काम तत्कालन अगाडी बढाउने कुरामा कम्पनी तयार नभएको खण्डमा त्यसको म्याद नथप्न सबै लाग्नु पर्ने बताए । उनले कर्णाली नदिलाई बन्धक नबनाएर त्यस बाट प्राप्त हुने लाभ प्रयोग गर्न संघिय सरकारले पहल गर्नु पर्ने बताए । माथिल्लो कर्णाली जलविद्युत आयोजना संगै निर्माण सुरु गरिएका आयोजना निर्माण सम्पन्न भइसकेर उत्पादन दिदा समेत भारतीय जीएमआर कम्पनीले निर्माण सुरु नगर्नु दुखद रहेको बताए ।