दुल्लु–१३ को वडाध्यक्षमा एमालेका शाही निर्वाचित
दैलेख : स्थानीय तह उपनिर्वाचनमा दुल्लु नगरपालिका वडा नं १३ को वडा अध्यक्ष पदमा नेकपा एमालेका लालबहादुर शाही निर्वाचित हुनुभएको छ । उहाँले पाँच सय ७४ मत प्राप्त गरी उक्त पदमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत बीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।
उनका निकटम् प्रतिद्वन्दी नेपाली काँग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गरेका थिए । त्यसैगरी नेकपा माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, रास्वपाका रामबहादुर शाहीले ५३, राप्रपाका रेशमबहादुर मल्लले १३ र नेमकिपाका पूर्णप्रसाद उपाध्यायले चार मत प्राप्त गरेका छन ।
निर्वाचन अधिकृत बीरेन्द्रबहादुर मल्लका अनुसार खसेको कुल एक हजार पाँच सय २७ मत गणना गरिंदा त्यहाँ ३३ मत बदर भएका छन् ।