Loading... आजः सोमवार, बैशाख ८, २०८२
Trending

दैलेखमा उपनिर्वाचन ५५ प्रतिशत मत खस्यो


दैलेख  : स्थानीय तह उपनिर्वाचनको कार्यक्रम अन्तरगत आइतबार भएको मतदानको प्रारम्भिक सूचना अनुसार दैलेखमा ५५ दशमलव ५९ प्रतिशत अर्थात आठ हजार पाँच सय १७ मत खसेको छ । दैलेखको महाबु गाउँपालिकामा ५५ दशमलव ४० र दुल्लू नगरपालिका १३ मा ५६ दशमलव ४६ प्रतिशत खसेको अधिकारीहरूले बताएका छन् ।

अध्यावधिक विवरण अनुसार महाबु गाउँपालिकाका ६ वटै वडाका ९ स्थानमा रहेका १६ वटा मतदान केन्द्रमा ६ हजार नौ सय ८९ मत र दुल्लू नगरपालिका १३ का दुई स्थानका ४ मतदान केन्द्रमा एक हजार पाँच सय २८ मत खसेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।