Loading... आजः सोमवार, बैशाख २९, २०८२
Trending

उप निर्वाचनमा केन्द्रिय नेता घरदैलोमा


यज्ञराज थापा
दैलेख :  यहि मङ्सिर १६ गते हुने महावु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिका–१० को वडाअध्यक्ष पदमा आफ्ना उम्मेदवारलाई बिजयी बनाउँन राजनितिक दलका केन्द्रिय नेताहरुको लर्को लागेको छ । महावु गाउँपालिका अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी परेको छ भने दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य लक्ष्मी पोखरेल,राज बहादुर बुढा, अनेमासंघका केन्द्रिय सचिव मिनासिह रखाल,प्रदेश कमिटिका नेताहरु महावुमा केन्द्रित भएका छन । महावु गाउँपालिकाका ६ वडामा विभिन्न कार्यक्रम आयोजना गरि मतदातालाई आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरिरहेका छन । त्यस्तै बिहिवार नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एव पुर्ब रक्षामन्त्री ईश्वर पोखरले समेत दैलेख आउनुहुने भएको छ ।
नेपाली काँग्रेसले समेत आफ्नो बिरासत जोगाउँन पार्टीका केन्द्रिय नेता देखी प्रदेशका नेताहरु समेत महावु पुगेका छन । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम प्रवत्ता प्रकाशशरण महत, सहमहामन्त्री जीवन परियार,केन्द्रिय जानकी सिह, मधु आर्चाय ,गोबिन्द भट्टराई, सिता राना , नेपाली काँग्रेसका प्रदेश सभापति लतिजंग शाही लगायतका नेताहरु महावुमा पुगेर मत मागिरहेका छन ।
नेकपा माओबादीका नेताहरु समेत महावुका विभिन्न वडाबस्तीमा पुगेर पार्टीका पक्षमा मत मागिरहेका छन । माओबादी केन्द्रका कर्णाली प्रदेश इन्र्जाच काली बहादुर मल्ल,निर्वतमान मुख्यमन्त्री राजकुमार शर्मा, पुर्ब मन्त्री टेक बहादुर बस्नेत ,कर्णाली प्रदेशका पुर्ब आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसी, पर्बु सांसद ललिता कुमारी रेग्मी, केन्द्रिय सदस्य एवम दैलेख इन्चार्ज प्रेम कटुवाल, राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा लगायत टोली महावुमा पुगेको छ । उपनिर्वाचन अनुगमन तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरी मत मागेर उक्त टोली फर्किएको माओबादीका नेताहरुले जानकारी दिएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई मत माग्न केन्द्रियतहका नेता समेत महावुुमा पुगेका छन । पहिलो पटक स्थानीय तहमा उम्मेदवार उठाएको रास्वपाले आफ्नो उम्मेदवारका पक्षमा मत माग्न केन्द्रिय र प्रदेश स्तरका नेतासमेत महावुमा पुगेको रास्वपा बाट महावु गाउँपालिकाको अध्यक्षका उम्मेदवार प्रकाश बुढाले जानकारी दिनुभयो । उहाँले रास्वपाका केन्द्रिय सदस्य एवम निर्वतमान शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री समुना श्रेष्ठ केन्द्रिय कोषाध्यक्ष लिना अधिकारीको टोलीले महावुमा गाउँपालिकामा मत मागेर फर्किएको छ । एकिकृत समाजबादी पार्टीका केन्द्रिय नेता भने पुगेका छैनन । नेपाली काँग्रेस २०७९ सालको स्थानीय तहको निर्वाचनमा बिजयी भएका कारण यस पटक बिरासत जोगाउँने तरिकाले निर्वाचनमा केन्द्रित भएको छ भने नेकपा एमाले २०७४ सालको स्थानीय तह निर्वाचनमा बिजयी भएकाले त्यसको बिरासत फर्काउने तरिकाले निर्वाचनमा होमिएको छ । नेकपा माओबादी केन्द्रले रास्वपाले काँग्रेस एमालेका मत काटेको खण्डमा आफु बिजयी हुन सक्ने भएपछि निर्वाचनलाई आक्रामक रुपमा प्रचार गरिरहेको छ । उपनिर्वाचनको चुनावी सभामा नेकपा एमाले, माओबादी केन्द्र लगायतका नेताहरुले पार्टी प्रवेश कार्यक्रम गर्दै जनतालाई आफ्नो पक्षमा पार्न लागि परेका छन । कमल शर्मा
फोटो क्याप्सन ःमहावुमा मत माग्न पुगेका नेपाली काँग्रेसका केन्द्रिय समस्य मधु आर्चायको लगायतको टोली । तस्बिर कमल शर्मा