धारिलो हतियार प्रहार गरी हत्या
दैलेख : दैलेखमा धारिलो हतियार प्रहार गरी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–१३ खडिकाधाराका ५६ वर्षिय कर्ण बहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक सुनिल दहालले बोक्सी लगाएर आफुलाई बिरामी पारेको भन्दै कर्ण बहादुर कामीकै घरमा गएर सोही टोलका वर्ष ४३ को भुवनसिह विकले धारिलो हतियार हानेर हत्या गरेको जानकारी दिए ।
उनले धारिलो (हतियार) हसिँया प्रयोग गरी घाँटीमा हानेको र घाइतेलाई दुल्लु अस्पताल दैलेखमा उपचार गर्नेक्रममा मृत्यु भएको बताए । मृतकको शव दुल्लू अस्पतालमा पोष्टमार्टम गरिएको र आरोपित भुवनसिंह बिकलाई पक्राउ गरी आवश्यक प्रारम्भिक अनुसन्धान थालिसकेको प्रहरी नायव निरीक्षक दहालले जानकारी दिए ।