महावु अध्यक्षका लागी ७ जनाको उम्मेदवारी दर्ता
दैलेख : मंङसिर १६ गते हुने आशन्न उपनिर्वाचनका लागी महावु गाउँपालिकाको अध्यक्षमा सात(७) दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन । मुख्य निर्वाचन अधिकृत कार्यालय महावुले दिएको जानकार अध्यक्षमा पदमा विभिन्न सात राजनैतिक पार्टीले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन ।
गाउँपालिका अध्यक्ष पदका लागी नेकपा एमालेबाट जंगबहादुर शाहीले मनोनयन दर्ता गर्नुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा बिजयी भएका शाही २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एकिकृत समाजबादी र माओबादी केन्द्रको सयुक्त गठबन्धन बाट उम्मेदवार भई नेपाली काँग्रेसका लछुमुन गुरुङसंग पराजीत भएका थिए । यस्तै नेपाली काँग्रेस बाट गाउँपालिका अध्यक्ष पदमा झलक भण्डारीले मनोनयम दर्ता गरेका छन । स्थानीय तहको निर्वाचन २०७९ मा अध्यक्षमा आंकाक्षी रहेका उहाँ नेपाली काँग्रेस जिल्ला कमिटि सदस्य हुन । उपनिर्वाचनका लागी माओबादी केन्द्रका जंगबहादुर बराल मगरले अध्यक्षमा मनोनयन दर्ता गरेका छन ।
महावु गाउँपालिकाको अध्यक्ष पदमा हुने उप निर्वाचनका लागी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फ बाट प्रकाश कुमार बुढा, राप्रपा बाट सुर्जे रावत , नेपाल मजदुर किसान पार्टी बाट ,दुर्ग बहादुर मगरले मनोनयन दर्ता गरेका छन । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी बाट अध्यक्ष पदमा जगत बहादुर हमालले मनोनयन दर्ता गरेका छन । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले महावु गाउँपालिका–५ कासिकाँधको बाट वडाध्यक्षमा बिजयी भएका थिए । । महावु गाउँपालिकाका अध्यक्ष लछुमुन गुरुङको २०८० माघ २७ गते हृदयघातका कारण मृत्यु भएको थियो ।
वडाध्यक्षमा ६ जनाको उम्मेदवारी
दैलेखको दुल्लु नगरपालिका –१३ को वडाअध्यक्ष पदमा ६ जनाको उम्मेदवारी दर्ता गरेका छन । नेपाली काँग्रेस बाट रेशम बहादुर शाही, नेकपा एमाले बाट लाल बहादुर शाही, नेकपा माओबादी केन्द्रका ढकेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका राम बहादुर शाही, राप्रपा रेशम कुमार मल्ल नेपाल नेपाल मजदुर किसान पार्टी पुर्ण प्रसाद उपाध्यायले मनोनयन दर्ता गरेका छन ।