कृषिमन्त्री शाह द्धारा धानबालीको निरीक्षण
दैलेख : कात्तिक १९ गते परेको अविरल बर्षात संगैको असिनापानीले धानबाली र अन्नवालीमा प¥याएको क्षतीको कर्णाली प्रदेश सरकारका भूमी ब्यवस्था,कृषि तथा सहकारीमन्त्री बिनोद कुमार शाहले स्थलगत निरीक्षण गर्नुभएको छ । नारायण नगरपालिका–४ पुगेर मंगलवार असिनाले क्षती पु¥याएको खेतमै पुगेर निरीक्षण गरेका छन ।
असिनाका कारण किसानको खेत बारीमा ठुलो क्षति पु¥याएकाले सङ्घीय सरकारसँगको समन्वयमा प्रदेश सरकारमार्फत आवश्यक राहत उपलब्ध गराइदिन हुन मन्त्री शाह संग स्थानीयले माग गरेका छन । असिनाले विशेष गरी नारायण नगरपालिका–४, ५ र १० का १ सय ८१ घरधुरीको ४४ हेक्टर धान तथा तरकारी बालीसँगै सुन्तला सहित जम्मा १ सय ६३ दशमलव ६३ मेट्रिक टन वाली नष्ट गरेको नारायण नगरपालिका कृषि शाखाले जानकारी दिएको छ ।
असिनाका कारण ८२ लाख २१ हजार बराबरको धान, तरकारी र सुन्तला बालीको क्षति हुन गइ उक्त क्षेत्रमा ठुलो भोकमरीको अवस्था सृजना हुने भएकाले प्रदेश सरकार मार्फत सङ्घीय सरकारसँगको समन्वयमा आवश्यक राहत उपलब्ध गराइदिन आग्रह गरिएको स्थानीय नरेन्द्र थापाले जानकारी दिए । उनले किसानले धान भित्रयाउने बेला परेको असिनाका कारण धान तथा फलफुल खेती भएका कारण तत्काल राहतको प्याकेज घोषणा गर्न माग गरिएको बताए । उनले भने मन्त्रीज्यु नै पुगेर स्थलगत अवलोकन गर्नुभएको छ आशा छ किसानले राहत पाउनेछन ।
असिना पीडित किसान संग कुरा गर्दै भूमी ब्यवस्था,कृषि तथा सहकारीमन्त्री बिनोद कुमार शाहले आफुले स्थलगत निरीक्षण गरेको र किसानको पीडा बुझेको हुँदा राहतका कार्यक्रम कसरी दिन सकिन्छ मन्त्रीपरिषदमा छलफल गरिने बताए । उनले असिनाले यहाँ मात्र नभएर अन्यजिल्लामा समेत असर गरेकाले त्यहाँको तथ्याङक आएपछि छलफल गरिने बताए ।