उप निवार्चनको तयारीमा दलहरु
दैलेख: मंसिर १६ गते हुने स्थानीय तहको उप निर्वाचनका लागी जिल्लामा रहेको राजनितिक दलहरु आन्तरिक तयारीमाा जुटेका छन । जिल्लामा रहेका नेपाली काँग्रेस,नेकपा एमाले,माओबादी केन्द्र लगायतका दलहरु उप निर्वाचनको तयारीमा लागेका छन । नेपाली काँग्रेसका पार्टी सभापति मणिराम रेग्मीले महावु गाउँपालिकाका अध्यक्ष र दुल्लु नगरपालिका –१३ को वडाध्यक्षका लागी सर्बसम्मत नाम सिफारिस गर्न स्थानीय समितिलाई निर्देशन दिएको जानकारी दिए । उनले महावुु गाउँपालिकाको अध्यक्षका लागी आकाँक्षीहरुलाई मिलाएर एक जनाको नाममा सर्बसम्मत गर्नका लागी पार्टीका पुर्ब सभापति कृष्ण बहादुर बिसी लगायतका नेताहरु महावु गाउँपालिकामा रहेको जानकारी दिए । नेपाली काँग्रेसले बिजयी भएको स्थानमा त्यसको बिरासत कायम राख्न समेत आफुहरु सर्बसम्मत उम्मेदवार बनाउन लागी परेको उनको भनाइछ ।
नेकपा एमालेका अध्यक्ष सुर्य बहादुर शाहीले उप निर्वाचनका लागी उम्मेदवार छनोटका लागी आन्तरिक तयारी गरिरहेको जानकारी दिए । उनले वडाअध्यक्षको उम्मेदवार जिल्ला कमिटिले नै निर्णय गर्ने र गाउँपालिका अध्यक्षका लागी प्रदेशले उम्मेदवार टुंगो लगाउने भएकाले पार्टीका बैठकहरु चलिरहेको र २० गते सम्म उम्मेदवार टुंगो लाग्ने बताए ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट अध्यक्षका उम्मेदवारले बिजयी भएको महावु गाउँपालिकामा आफ्नो पार्टिको बिरासत फर्काउने गरी सर्बसम्मत उम्मेदवार बनाउने तयारी भएको अध्यक्ष शाहीले बताए । पार्टी विभाजनको प्रभावले २०७९ को स्थानीय तहको निर्वाचनमा महावु गाउँपालिकामा पराजय ब्यहोर्नु परेको बताउँदै अहिले पुरानै बिरासत फर्काउने गरी आफुहरु लागी परेको उनको भनाइछ । उनका अनुसार दुल्लु नगरपालिका–१३ मा भने २०७४,२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बिजयी भएको थियो ।
नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक गोपाल रिजालले उप निर्वाचनका सन्र्दभमा पार्टी कमिटिका साथीहरु संग अन्तरक्रिया कार्यक्रम संचालन गरिरहेको जानकारी दिए । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने निर्णय पार्टी केन्द्रलाई नै भएको बताए । उनले भने हामी एक्लै निर्वाचनमा जाने गरी तयारी गरेको छौ त्यही अनुसार पार्टिका प्रत्येक वडा कमिटिमा छलफल भएको छ ।
नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला अध्यक्ष मयाराम अधिकारीले स्थानीय तहको उप निर्वाचनका लागी पार्टिका बैठकहरु बसिरहेको बताए । उनले महावु गाउँपालिकाको अध्यक्ष पदका लागी पार्टिका केन्द्रिय सदस्य जंग बहादुर शाहीलाई नै सर्बसम्मत उम्मेदवार बनाउने बताए । उनले दुल्लु नगरपालिका–१३ को वडाध्यक्षको उम्मेदवार छनोट गर्ने स्थानीय कमिटिलाई जिम्मा दिएको छ । जंग बहादुर शाही २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट उम्मेदवार भई बिजयी भएका थिए भने भने २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एकिकृत समाजबादी पार्टी बाट उम्मेदवार भई नेपाली काँग्रेसका स्वर्गीय लछुमुन गुरुङ संग पराजीत भएका थिए ।