Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

मध्यपहाडी राजमार्गले फेरिदै जीवनशैली


कमल शर्मा
दैलेख  :   दैलेखको भगवतीमाई गाउँपालिका–४ का नबिन बिसी पाँच बर्ष देखी ब्यबसायिक तरकारी खेती गर्दै आएका छन । त्यस अघि आफ्नै भान्साको लागी तरकारी खेतीगर्ने उहाँ घर नजिकै मध्यपहाडी लोकमार्ग घर आगन बाटै निर्माण भएर संचालन भएपछि ब्यबसायिक कृषिमा लागेका हुन । लोकमार्ग संचालन आएपछि उहाँले गरेको आलु,टमाटर,बाउली बन्दा सिमि लगायत तरकारीले सहजै बजार पाएको छ । बजार खोज्न जान नपर्ने भएपछि दुई रोपनी बाट सुरु गरेको तरकारी खेती ३० रोपनीमा फैलिएको छ ।

मुल्य कम पाएपनि घरमा तरकारी सडेको छैन लोकमार्ग निर्माण भए संगै जाजरकोट जिल्लाका सुयाडा,दशेरा,थलह बजार र दैलेखका बेस्तडा बजार देखी दैलेख बजार सम्म उहाँले उत्पादन गरेको तरकारी पुग्दछ । घरआगनमै तरकारी संकलनका लागी कोल्ड स्टोर बनेका कारण पनि सजिलो भएको छ ।
दैलेखको नारायण नगरपालिका–२ का सर्बराज भण्डारी लोमो समय सरकारी सेवा गरी १० वर्ष देखी निरन्तर तरकारी खेती गर्नुभका उहाँलाई बिगत चार वर्ष देखी डोकोमा तरकारी बोक्नु परेको छैन । घर आगनै बाट पक्की सडक(मध्यपहाडी लोकमार्ग) संचालनमा आएपछि अहिले घर बाटै विभिन्न स्थान सम्म सहजै पुग्छ । मध्यपहाडी लोकमार्गको बाटो भएर दैलेख बजार आउने र जानेले नैे अर्गानीक तरकारी भन्दै लिन थालेपछि उहाँलाई तरकारी बिक्रि हुदैन भन्ने समस्या नै भएन ।

उनी मात्र होईन दैलेख जिल्लाको पर्बुको जगनाथ देखी पश्चिमको राकमकर्णाली सम्म जोड्ने मध्यपहाडी लोकमार्गमा गाडी गुड्न थालेपछि भण्डारीको मात्र होइन अन्य गाउँलेको स्थानीय उत्पादनले सजिलै बजार पुग्छ । जगनाथ र मेहेल्तोली मात्र नभएर मध्यपहाडी लोकमार्गले गाडी चल्न थालेपछि लोकमार्गले जोडेका विभिन्न बस्तीका स्थानीयको उत्पादन सजिलै बजार सम्म गएको त छ त्यसका साथै बजार बाट ल्याउनु पर्ने दैनिक उपभोग्य बस्तु देखी अन्य सरसमान सहजै केही घण्टामै घरमा पुग्छ । मध्यपहाडी लोकमार्ग दैलेखको पूर्व जगनाथ देखी पश्चिम राकमकर्णाली सम्मका धेरै गाउँको पहुँच पुगेपछि सर्बसाधारणको दैनिकीमा सहजतातर्फ उन्मुख छ ।

जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख राजु भुजले पुप्पलाल मध्यपहाडी राजमार्ग जोडिएका पालिकामाहरुमा कृषिका धेरै कार्यक्रम संचालन भएको समेत जानकारी दिए । उनले कृषकनै उत्साही भएर कृषि गरिरहेका छन भने उत्पादन भएको बस्तुहरुको बजारीकरण सजिलै भएका कारण कृषि खेती प्रति आर्कषण बढेको बताए ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी राजमार्ग दैलेख जिल्लाका ११ स्थानीय तह मध्ये सात स्थानीय तहलाई जोडेको छ भने यसको लम्बाई एक सय २५ किलोमिटर लामो छ । पुप्पलाल( मध्यपहाडी) राजमार्ग सडक आयोजना कार्यलय दैलेखका आयोजजना प्रमुख इन्निनिएर अन्जु परियारले दैलेख जिल्ला भित्र पर्ने एक सय २५ किलोमिटर मध्ये डेढ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको जानकारी दिइन । उनले डेढ किलोमिटर सडकमा बिबाद देखिएपछि उक्त निर्माण कार्य रोकिएको बताइन । उनले भनिन दैलेख जिल्लाको नारायण नगरपालिका–२ जाहरकोट खण्ड र नारायण नगरपालिका–६को सनक मोड निर्माण गर्न बाँकी रहेको छ । एक सय २५ किलोमिटर सडक निर्माण सम्पन्न हुने चरण्मा रहेको र एक वर्ष भित्र निर्माण सम्पन्न गरी सडक डिभिजन सुर्खेतलाई उक्त सडक हस्तान्तरण गरिने आयोजनाका प्रमुख परियारको भनाइछ ।
जिल्लाको भौतिक विकासमा कोसेढुंगा थपेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सरकारको गौरवको आयोजना हो। यसले नागरिकको जीवनशैली परिवर्तनमा महत्वपुर्ण टेवा पु¥याएको नागरिक समाजका अगुवा बीर बहादुर भण्डारीले बताए । उनले जिल्लामा यती ठुलो आयोजना भित्रिएर निर्माण सम्पन्न हुदै गर्दा दैलखको पूर्ब जगनाथ देखी राकमकर्णाली सम्मका विभिन्न स्थानमा बजार बिस्तार संगै किसानले उत्पादन गरेको तरकारी सहजै बिक्रि हुने गरेको बताए ।

उनले भने दुई ठाउँमा देखिएको बिबाद तत्काल समाधान गरी आयोजनालाई सम्पन्न गर्न जिल्लाका सरोकारवाला निकायले पहल गर्नुपर्ने हुन्छ । दैलेखका ७ स्थानीय तहमध्ये भगवतीमाई गाउँपालिका, नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँठीकाँध गाउँपालिका र आठविस नगरपालिकाका भूभाग समेट्दै राजमार्ग सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला प्रवेश गरेको छ। राजमार्गले यहाँको कृषि उत्पादन,पर्यटन क्षेत्रमा नागरिकको आवतजवात समेत बृद्धि भएको छ ।