Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम


कमल शर्मा
दैलेख  :   विद्यालयमा आयुर्बेद तथा योग शिक्षा कार्यक्रम सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्बेद विभागको वार्षिक कार्यक्रम अनुसार कर्णाली प्रदेशका प्रत्येक जिल्लाका नमुना विद्यालयमा योग शिक्षा कार्यक्रम संचालन गर्ने नीति अनुसार जिल्लाको त्रिभुवन माध्यामिक विद्यालयलाई छनौट विद्यालयमा योग शिक्षा कार्यक्रम सुरु गरिएको हो ।
जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका आयुर्बेदिक चिकित्सक डा यादव उपाध्यायले आयुर्वेद तथा योग शिक्षा सम्बन्धी विद्यार्थीहरूलाई आयुर्वेदको परिचय, आयुर्वेद औषधिको बारेमा जानकारी, योग शिक्षा, जडीबुटीबारेमा जानकारी, दिनचर्या र रात्रि चर्या, ऋतु चर्या, आहार शैली र आयुर्वेदीय जीवनशैली तथा जडीबुटीको बारेमा जानकारी गराइएको बताए । उनले विद्यार्थी मार्फत अभिभावकलाई समेत योग शिक्षामा जोडका लागी उक्त अभियानले सार्थकता प्राप्त गर्ने बताए । उनले भने हाम्रो जीवनशैलीमा आएको परिर्वतनले हाम्रो स्वास्थ्यमा नकरात्मक प्रभाव बढाइरहेको बेला योग शिक्षा मार्फत जीवनशैलीमा सुधार गर्न सकिन्छ ।

कार्यक्रम उद्दघाटन गर्दै नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले योग शिक्षा,आयुर्बेदकि जडिबुटिका बिषय र आयुर्बेद सम्बबन्धि अध्ययन गर्न यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले नगरका अन्य विद्यालयमा समेत यस्ता खालका कार्यक्रम संचालन गर्न आगामी आर्थिक बर्ष देखी नीति तथा कार्यक्रममै समाबेश गरेर लैजाने बताए । उनले भने हाम्रा गाउँ ठाउँमा विभिन्न जडिबुटी पाइने भएपनि त्यस सम्बन्धी जानकारी नहुँदा त्यतीकै खेर गइरहेकाले त्यस तर्फ प्रदेश सरकार उद्योग बन तथा बाताबरण मन्त्रालयले त्यसलाई प्रर्बद्धन गर्ने कार्यक्रम संचालन गर्नुपर्दछ ।

त्रिभुवन उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक निरक बहादुर तारामीले विद्यार्थीलाई योग शिक्षा सिकाउने उद्देश्यले आयुर्बेद स्वास्थ्य केन्द्रको समन्वयमा शिक्षक शिक्षिकालाई तालीम दिए पश्चात विद्यालयमा उक्त कार्यक्रम संचाल गरिएको बताए । उनले विद्यालयमा योग शिक्षा सिक्न र सिकाउने काममा सम्पुर्ण शिक्षक कर्मचारी लागेको बताए ।