Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

प्रमुख पदमा महिला माग गर्दै प्रर्दशन


कमल शर्मा
दैलेख  :  राज्यका महत्वपुर्ण निकायको प्रमुख पदमा महिला सहभागिता सुनिश्चित माग गर्दै प्रर्दशन गरिएको छ । अन्तरपुस्ता महिलाबादी मञ्चको आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशिल तथा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिले राज्यका महत्वपुर्ण निकायमा महिला सहभागीता शुनिश्चित माग गर्दै दैलेखमा प्रर्दशन गरेका । नेपालको संविधान २०७२ले राज्यका सबै संरचनाहरुमा महिलाको सामानुपातिक समाबेशी नेतृत्व हुनु पर्नेमा जोड दिएको भएपनि राजनैतिक दलले संबिधानलाई वेवास्ता गर्दै राज्यका महत्वपुर्ण निकायमा महिलालाई पठाउन कन्जुसाई गर्ने गरेका कारण देशभर प्रर्दशन गरिएको महिला अधिकारकर्मीहरुले बताएका छन ।

महिला अधिकारकर्मी सुनिता चन्दले संबिधानमा ब्यबस्था गरिएको अधिकारलाई समेत राजनितिक पार्टीहरुले मिच्ने गरेको आरोप लगाइन । उनले संबिधानमा ब्यबस्था गरियो त्यसमा प्रमुख वा उप प्रमुख पदमा एक महिला अनिवार्य भनिएपनि राजनितिक दलहरुका गठबन्धनले त्यसलाई उपेक्षा गरिएको बताइन । उनले भनिन प्रमुखमा पदमा महिलालाई जिम्मेवारी दिन कन्जुसाई गर्ने गरेको भएपनि उप प्रमुखमा महिलाले जिम्मेवारी नपाउने अबस्था आएको छ ।

२०८४ सालमा हुने स्थानीय तह,प्रदेश तथा संघिय निर्वाचनमा महिला सहभागीता बृद्धि गर्ने उद्देश्यले अहिले देखी विभिन्न दवाव मुलक आन्दोलनका कार्यक्रम आयोजना गरिरहने महिला अधिकारकर्मी मिरा स्वर्णकारले बताइन । उनले राज्यका प्रमुख पदमा महिला र दलितको प्रतिनिधित्व कानुनी रुपमा नभएर ब्यबहारिक रुपमा नहुन्जेल महिलाहरुले प्रर्दशन गरिराख्नु पर्ने बताक्ष्न । उनले भनिन स्थानीय तहमा दलितको प्रतिनिधित्व केवल सदस्यमा रुपमा मात्र भयो तर गाउँपालिका तथा नगरपालिका लगायत प्रदेश र संघिय निर्वाचनमा दलित र महिलाका लागी निर्वाचन क्षेत्र नै बिभाजन गर्नुपर्ने देखिन्छ ।

नारायण नगरपालिकाका उप प्रमुख तत्ता कुमारी थापाले महिलाहरुलाई प्रमुख पद दिन प्रमुख पार्टीहरुले नै कन्जुसाई गरेको बताइन । उनले राजनितिक पार्टीले महिलालाई विश्वास नमान्ने र उप प्रमुख र उपाध्यक्ष पदमा सिमित राख्ने गरेको बताइन । उनले भनिन महिलाहरु पनि नेतृत्व लिन सक्षम र काम गर्न सक्ने भएकाले त्यस तर्फ दलहरुको ध्यान जान आश्यक छ । स्थानीय तहको उप निर्वाचनमा समेत महिलालाई उम्मेदवार बनाउन सबै दलहरु संग आग्रह गर्ने महिलाअधिकारकर्मीहरुले बताएका छन । दैलेख जिल्लाको महावु गाउँपालिका अध्यक्ष र दुल्लु नगरपालिका–१३ मा वडाध्यक्ष पदमा निर्वाचन हुदैछ ।