Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

गुनासो सुन्न “नमस्ते गुराँस” कार्यक्रम


कमल शर्मा
दैलेख :  जिल्लाको गुराँस गाउँपालिकाले नागरिकका गुनासो सुन्न “नमस्ते गुराँस”कार्यक्रम शुभारम्भ गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा उक्त कार्यक्रम शुभारम्भ गरेको गुराँस गाउँपालिकाले जानकारी दिएको छ ।

“नमस्ते गुराँस” कार्यक्रमको शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले स्थानीय तहका जनप्रतिनिधि मात्र नभई संघियता माथी गम्भिर प्रश्न उठीरहेको अबस्थामा गुराँस गाउँपालिकाले नागरिकका गुनासा सुन्ने र समाधान गर्ने उद्देश्यले उक्त कार्यक्रम शुभारम्भ गरेको भन्दै गाउँपालिकालाई धन्यबाद ब्यक्त गरे । उनले संबिधानको मर्मबमोजीम पारदर्शिता र जवाफदेहिताको राम्रो उदाहरण बन्न नमस्ते गुराँस गुनासो व्यवस्थान प्रणालीलाई दिगो रुपमा सञ्चालन गर्न आग्रह गर्दै नागरिकको अवस्था बदल्ने गरी काम गर्नुपर्ने बताए ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले स्थानीय सरकारले प्रवाह गरेको सेवा सुविधाको प्रभावकारीताका विषयमा नागरिकले घरमै बसेर गुनासो गर्न सक्ने प्रणाली नमस्ते गुराँस गुनासो व्यवस्थान प्रणाली सुरु गरिएको बताए । उनले गुराँस गाउँपालिकाको विशेष पहल र संस्थागत सुधारमार्फत न्यायमा पहुँच परियोजना–२ को प्राविधिक सहयोगमा नमस्ते गुराँस गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरिएको बताए । उनले भने गुनासो गर्न गाउँपालिकाको वइवसाईड, टोल फ्रि नं १६६०८९११००० र हर्ट लाइन नं ९८५८०३५१४४ मा फोन गर्न सकिने ब्यबस्था गरिएको छ ।
अध्यक्ष बिसीले गुराँस गाउँपालिका भित्रका जुनसुकै गुनासो भए वा सुझाव भए नमस्ते गुराँस मार्फत गुनासो गर्न सम्पुर्ण गुराँसबासी नागरिकहरुलाई आग्रह गर्दै आएका गुनसालाई तत्काल सम्बोधन गर्न आफुहरु लाग्ने बताए । जिल्लाका अधिकाँस स्थानीय तहमा नागरिकका गुनासो सम्बोधन गर्ने उद्देश्यले एप्स निर्माण गरी संचालन नगरिरहेको बेला गुराँस गाउँपालिकाले लोकप्रियका नाममा मात्र उक्त कार्यक्रम संचालन गर्न नहुने स्थानीयले बताएका छन ।
गुराँस गाउँपालिका –४ खड्कवाडाका कर्ण बहादुर शाहीले गुनासो ब्यबस्थापन प्रणालीमा आएको गुनासो सम्बोधन नगर्ने भए यस्ता कार्यक्रम संचालन गर्न नुहने बताए । उनले भने गुनासोकर्ताले गुनासो गरेको कति दिन भित्र त्यसको जवाफ पाउने हो त्यो समेत उल्लेख गरिनुपर्ने हुन्छ ।