Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

फाइल तस्बिर

काठमाडौं  :   नेपाल समूह विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हरायो । नेपालको जितमा निराजन धामी र समिर तामाङले गोल गरेका थिए।

उनीहरुले २ मिनेटमा अन्तरमा गोल गरेपछि खेलको सुरुवातमै नेपाल २–० गोलले अगाडि बढेको थियो। बंगलादेशले गोल फर्काएपनि पुनरागमन गर्न सकेन। नेपालले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो।