Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

पहिरोले पाइप भाँचिएपछि खानेपानीको हाहाकार

कमल शर्मा
दैलेख  :   पहिरोले पाइप चुडाइदिएपछि दैलेख बजारमा खानेपानीको हाहाकार भएको छ । नारायण नगरपालिका –१० ओखरबासमा गएको पहिराले खानेपानीको पाइप चुडाईदिएपछि दैलेख बजारमा खानेपानीको हाहाकार भएको हो । भदौ २ गते महाबुमा गुरु पूर्णिमाका दिनमा लाग्ने महाबु धार्मिक मेलामा जाने यात्रुहरुको सुविधाको लागि सडक मर्मत गर्न लाग्दा सडक ओखरबासमा लगातार पहिरो खसेको कारण त्यही पहिरोले जीआई पाइप चुँडाइदिएपछि सहारे मुहानबाट आइरहेको दैलेखबजारको खानेपानी आपूर्ति अवरोध हुँदा खानेपानीको हाहाकार भएको स्थानीयले जानकारी दिएका छन ।
नारायण नगरपालिका –६ का बिष्णु अधिकारीले खानेपानी नआएको करिव दुई हप्ता हुन लागेको र खानेपानीको हाहाकार भएको बताए । उनले दैलेख बजारका अधिकाँस घरमा बस्ने नागरिकले सहज रुपमा खानेपानी प्राप्त गर्न नसकेपछि विभिन्न स्थानहरु बाट खानेपानी बोक्ने गरेको बताए । उनले भने दैलेख बजारका बासिन्दालाई समस्या भएपनि ठुलो समस्या होटल ब्यबसायीलाई परेको छ ।

त्यही ठाउँमा गत महिना गएको पहिरोमा करिब १५ दिन अघि नेपाली सेना, नारायण नगरपालिका खानेपानी कार्यालय लगायतको अथक प्रयासले खानेपानी सुचारु गरिएको थियाले सडक मर्मत गर्दा माथी बाट आएको पहिरोले खानेपानीको लाइन चुडाइदिएको र त्यसका लागी सडक मर्मत कार्य सकिनसाथ पाइपको जडान कार्य थालीने बताए । जिल्ला प्रशासन कार्यालय दैलेख, नारायण नगरपालिका र महाबु गाउँपालिकाको आग्रहमा सडक विभाग सुर्खेतले सदरमुकामदेखि महाबुधामसम्म मर्मत गर्न थालिएको काम ४२ किलोमीटर मध्ये करिब ३० किलोमीटर दूरीमा रहेको ओखरबास पहिरोले सडक सम्पर्क र खानेपानी आपूति अवरोध पैदा भएको हो ।

ओखरबासको पहिरोले खानेपानी आपूर्ति रोकिएपछि १० हजार भन्दा बढी उपभोक्ता रहेको दैलेख सदरमुकामका बासिन्दाहरु छिमेकी गाउँका मुहानहरुमा भींड लाग्ने गरेको छ । २०३२ मा १८ किलोमीटर दूरीको कालेखोलाको मुहानबाट ल्याएको पानी अपूरो भएपछि २०६६ मा ३५ किलोमीटर टाढाको सहारे मूलखोलाको पानी ल्याएपछि सदरमुकाममा खानेपानी प्रयाप्त भएको थियो ।

सदरमुकाममा चलिरहेको एक महिने वर्षे मेला चलिरहेको, दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन हेर्न आउने र मध्यपहाडी राजमार्गमा यात्रा सहज भएकोले पर्यटक बढेको यो समयमा पानीको खपत बढेको बेला छिटो छरितो खानेपानी आपूर्तिको प्रयास भइरहेको तर प्राकृतिक समस्याले सबै प्रयासहरु असफल भएको नारायण नगरपालिका खानेपानी समितिका कार्यालय प्रमुख इञ्जिनियर राजन खड्काले जानकारी दिए । उनले धेरै प्रयासपछि कालेखोला मुहानको पानी आपूर्ति भएकोले सदरमुकामको गहिरो भागतिर चाहिँ केही सानो मात्रामा पानी पठाउने प्रयत्न भइरहेको बताए । उनले भने कालेखोला प्रति सेकेण्ड ४ लीटर र सहारेको प्रति सेकेण्ड २० लीटर क्षमताको पानी नै सदरमुकामको खानेपानी श्रोत हो ।