Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

नुवाकोटमा हेलिकप्टर दुर्घटना,पाँच जनाको मृत्यु

नुवाकोट  :  नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए ।

हेलिकप्टरमा सवार पाँच जनामध्ये चार जना चिनियाँ नागरिक भएको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको (९ एन एजेडी) दुर्घटनाग्रस्त भएको हो । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा दुर्घटना भएको थियो ।