Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

तीज गित मादुलु बज्यो बजारमा (भिडियो सहित)


कृष्ण दैलेखी
दैलेख  :   हिन्दु नेपाली महिलाहरुको महान पर्व तीज भित्रिदै गर्दा यतिवेला बजारमा गीत संगीतलाई तीजले छपक्कै छोपेको छ। साउनको सुरुवातसंगै बजारमा विभिन्न कलाकारहरुलाई तीजका गीत बजारमा ल्याउन भ्याई नभ्याई भएको देखिन्छ। यसै क्रममा गायिका सपना शाहीको तीज गित मादलु बज्यो बजारमा आएको छ ।

तीजको मौलिकता झल्कने उक्त गितको शब्द सुवास घर्ती,स्वर सपना शाही र प्रतिमा शाही रहेको छ भने नीरुता शाही र रुबिना अधिकारीको रहेको छ । रारा इन्टरटेटमेन्टको युटुव च्यालन मार्फत गित बजारमा आएको छ ।

गीतको संगित प्रेम विबश घर्ती,निर्देशन उदीराम खड्काले गरेका छन भने सम्पादन बिबेक खड्काले गरेका छन । दैलेखमा जन्मीएका गायिका शाहीले विभिन्न देउडा गित, तीज गित र अन्य विभिन्न बिद्याका गितहरु गाएकी छिन ।