Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

नेपाल भलिबलको उपाधिका लागि भारतसँग खेल्ने

काठमाडौं  :  नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गर्यो ।

नेपालले यो खेल २५–२१, २८–२६ र २५–२० ले जित्यो। नेपालले उपाधिका लागि भारतसँग खेल्ने छ। भारतले मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो।

नेपाल र भारत यसअघि लिग चरणमा पनि भिडेका थिए जुन खेल घरेलु टोलीले जितेको थियो। अन्तर्राष्ट्रिय महिला भलिबलमा भारतमाथि नेपालले पहिलोपटक जित हात पारेको थियो ।