Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

एउटै निर्वाचन क्षेत्र बाट तीन जना मन्त्री


कमल शर्मा
दैलेख :   दैलेखका जिल्लाको निर्वाचन क्षेत्र नः २ बाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन जना प्रदेश सांसद मन्त्री भएका छन । निर्वाचन क्षेत्र न २ को प्रदेश(क) बाट नेपाली काँग्रेसका घनश्याम भण्डारी, प्रदेश (ख) बाट नेकपा एमालेका बिनोद कुमार शाह र नेकपा एमाले बाट सामनुपातिक सांसद गमता बिक कर्णाली प्रदेश सरकारमा मन्त्री र राज्यमन्त्री भएका हुन ।

नेकपा एमाले बाट भूमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयमा बिनोद कुमार शाह,सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता बिक मन्त्री भएका हुन । बिनोद कुमार शाह र गोमता विक यस अघि नै मन्त्री भइसकेका हुन भने घनश्याम भण्डारी नेपाली काँग्रेस बाट आइतवार सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन ।

समाजिक विकास मन्त्री घनश्याम भण्डारीले दैलेख निर्वाचन क्षेत्र नः २ को प्रदेश सभा (क) मा नेकपा एमाले उम्मेदवार तिलक रिजाललाई पराजीत गरी बिजयी भएका थिए । त्यस्तै भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री बनेका शाहले २०७९को निर्वाचनमा सत्तागठबन्धन बाट उम्मेदवार बनेका नेकपा माओबादी केन्द्रका उम्मेदवार योगेन्द्र शाहीलाई पराजीत गरेका थिए । एउटै निर्वाचन क्षेत्र बाट तीन जना मन्त्री हुने कर्णाली प्रदेशमा पहिलो पटक भएको छ ।