Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कर्णाली सरकारमा कांग्रेसले पठायो मन्त्री


सुर्खेत : कर्णाली प्रदेशमा नेपाली कांग्रेस सांसद राजीवविक्रम शाहको नेतृत्वमा सरकारमा सहभागी बनेको छ । उनको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बन्ने भएका छन ।

कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीकाअनुसार शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन भने घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिइएको छ । प्रवक्ता शाहीका अनुसार मन्त्रीको नाम लिस्ट मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइसकिएको छ । कांग्रेसबाट मन्त्री भएकामध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सुरेश अधिकारी शेखर कोइराला पक्षधर हुन् । उनीहरुको सपथग्रहण कार्यक्रमको टुगो भने लागेको छैन ।