Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

कक्षा १२ को परीक्षाफल सार्वजनिक,५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ :  कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए। नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन्।

त्यसैगरी ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका थिए। एसईईको जस्तै कक्षा १२ को नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार प्रकाशित हुने बोर्डले जनाएको छ। जसअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थीलाई अनुत्तीर्ण मानिने छ।