Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

पैडिखेल्ने क्रममा बगेर दुई किशोरीको मृत्यु


दैलेख  :   दैलेखमा पौडी खेल्नेक्रममा बगेर दुई किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा महावु गाउँपालिका –३ बासीका अन्दाजी १६ वर्षिय सपना बुढा र १७ वर्षिय भावना बुढा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल प्रसाद आर्चायले बाख्रा चराउन गएको बेला पौडी खेल्नेक्रममा छामघाट खोलाले बगाउँदा दुई जना किशोरीको मृत्यु भएको जानकारी दिए । उनले दिएको जानकारी अनुसार छामघाट खोलाले बगाएर भैरवी गाउँपालिका –५ सैनचौर नजिक र अर्को शव भैरवी गाउँपालिका –२ कइन नजिक फेला परेको थियो । स्थानीयले खेतमा रोपाई गर्नेक्रममा खोलामा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

मृतक किशोरी सपना बुढाका अंकल प्रकाश बुढाले छुट्टा छुट्टै ठाउँमा भेटिएका शवको मुचुल्का तयार गरी पोष्ट म्यार्टमका लागी जिल्ला अस्पताल दैलेखमा ल्याउन लागिएको जानकारी दिए । उनले मृतक दुबै किशोरी एकै घरका दाजु भाईका छोरीहरु रहेको बताए । बिहान ११ बजे घर बाट बाख्रा चराउन गएका उनीहरु कति बेला पौडी खेले भन्ने थाहा नभएको स्थानीयले जानकारी दिएका छन ।