Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

घर भत्किँदा एकै परिवारका ८ जना घाइते

फाइल तस्बिर

जाजरकोट  :   जाजरकोटमा वर्षाका कारण घर भत्किँदा ८ जना घाइते भएका छन् । जाजरकोट जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गए राति १ बजेतिर छेडागाड नगरपालिका–१२ काडागाउँका स्थानीय पदम अधिकारीको घर भत्किएको थियो । चार कोठा रहेको एक तले उक्त कच्ची घर भत्किँदा घरमा बस्ने ८ जना घाइते भएका हुन् ।

घाइते हुनेमा घरधनी ३५ वर्षीय पदम अधिकारी, १० वर्षीय दिनेश अधिकारी, ३० वर्षीय सरिता अधिकारी, १४ वर्षीय नवीन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षीय सुजता अधिकारी, १६ वर्षीय संगिता अधिकारी र १४ वर्षीय नवराज अधिकारी रहेका छन् ।

घाइते भएका सबै एउटै परिवारका हुन् । घाइते संगिता र नवराजको अवस्था सामान्य रहेको र उनीहरू घरमै छन् । बाँकी ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डे बताए ।
यस्तै घाइते सरिता र दिनेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।