Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

योजना आयोगले पायो पुर्णता

काठमाडौं  :  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा।शिवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पाल्पाका डा अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

यसैगरी बैठकले आयोगका सदस्यहहरूमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।