Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीमा वाटर ड्रोनको प्रयोग


काठमाडौँ :  शुक्रबार पहिरोले त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रु बसको खोजीमा प्रहरीले वाटर ड्रोन प्रयोग गरेको छ। बेपत्ता भएको लामो समयसम्म पनि दुई बस र यात्रु फेला नपरेपछि प्रहरीले पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरेको हो।

र्‍याफ्टबोटमा जडान गरेर पानी भित्रको वस्तु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित ४५ जना र १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ।

बेपत्ता बस र यात्रुको खोजीमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन्। वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशूली नदीमा खसेको थियो।