Loading... आजः आइतवार, फाल्गुन २४, २०८२
Trending

श्रमाधान मेलाको सम्पुर्ण तयारी पुरा

सुर्खेत  :   सुर्खेतको वीरेन्द्रनगरमा हुने श्रमाधान मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । शुक्रबार देखि प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा हुने श्रमाधान रोजगार मेलाको तयारी पुरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा मेलाको सम्पुर्ण तयारी भएको बताउदैँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव टिकाराम ढकालले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए ।

उनले मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक तथा निजि साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले उक्त मेला आयोजना गर्न लागेको बताए ।

नेपाल चेम्बर अर्फ कमर्स कर्णली प्रदेश अध्यक्ष चिन्तामणी न्यौपानेले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए । हालसम्म मेलामा ४० वटा निजि क्षेत्रका स्टलहरु रहने छन् । जसमध्ये ३४ वटा स्टलहरु बुक भै सकेको उनले बताए । बेलुकासम्ममा अन्य स्टलहरु पनि बुक हुने अपेक्षा रहेको उनले बताए । मेला विहान १० बजेदेखि साझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलाको रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्दघटन गर्नेछन् । १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २(२ दिन सञ्चालन भै रहेको छ । कर्णालीमा २५ र २६ गते सञ्चालन हुनेछ ।