Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

गुणस्तरीय विकासका लागि जवाफदेहिता आवश्यक : पुर्व सांसद शर्मा


दैलेख  :   प्रतिनिधि सभाका पूर्वसाँसद रबिन्द्रराज शर्माले गुणस्तरीय विकासका लागि सबै क्षेत्रले जवाफदेही भूमिका निर्वाह गर्नुपर्ने बताएका छन । आइतबार दैलेख सदरमुकाममा आयोजना गरिएको सातौं जिल्लासभामा उनले गुणस्तरीय विकास स्थानीय सरकारको अग्रसरता अझ बढी अग्रसरता आवश्यकता रहेको बताए ।

कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्रीले दलहरुले सत्तामा हुँदा र बाहिर हुँदा विकास बारे विचार र व्यवहार बदल्ने गरेको टिप्पणी गरे ।दलहरुले गुणस्तरीय विकासका लागी हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा दैलेखमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले संघीय संरचनापछि स्थानीय सरकारलाई श्रोत, साधन र अधिकार दिएको तर त्यस अनुसार व्यवस्थित, न्यायोचित परिचालन हुन नसकेको टिप्पणी गरे । उनले संघ र प्रदेशका कार्यक्रमहरुलाई समन्वय बढाउनुपर्ने सुझाव दिए ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीको अध्यक्षतामा भएको जिल्लासभामा जिल्लाका ११ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु र नागरिक समाज संस्थाहरुको तर्फबाट पनि सुझाव संकलन गरिएको थियो ।