Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

चौध हजार बालबालिकालाई आईपीभी खोप लगाइने

दैलेख :  दैलेख जिल्लाका चौध हजार बढी बालबालिकाहरूलाई आईपीभी खोप लगाइने भएको छ । जेठ १३ देखि २६ गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुन लागेको आईपीभी खोप अभियान अन्र्तगत दैलेखमा १४ हजार ३ सय बालबालिकालाई खोप लगाईने जिल्ला अस्पताल दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।

राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत दैलेखमा आईपीभी खोप अभियान जेठ १३ गतेदेखि तीन चरणमा दैलेखका ११ वटै स्थानीय तहमा सञ्चालन गरिने खोप अधिकृत रेग्मीले वताए । तीन चरणमा सञ्चालन हुने खोप अभियान अन्र्तगत पहिलो चरणमा जेठ १३ देखि १५ गतेसम्म नारायण नगरपालिका, महाबु, भैरवी र नौमूले गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ ।

दोस्रो चरणमा जेठ १५ देखि १७ गतेसम्म गुराँस, डुंगेश्वर र भगवतिमाई गाउँपालिकामा खोप अधिकृत रेग्मीले बताए । यस्तै, तेस्रो चरणमा आठबीस, चामुण्डाविन्दासैनी र दुल्लु नगरपालिका तथा ठाटिकाँध गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जनाइएको छ । खोप अभियान अन्र्तगत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका ५ देखि ८ वर्ष उमेर समूहका बालबालिकालाई मात्र आईपीभी खोप लगाइने लक्ष्य राखिएको छ ।