भुकम्प प्रभावित क्षेत्रका छात्रालाई छात्रवृति सहयोग
जाजरकोट : श्रीज्योति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छान्राहरूलाई छात्रवृत्ति वितरण गरेको छ । फाउन्डेसनले गैरआवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन तीन पालिकाका १५ जना छान्रालाई छात्रवृत्ति वितरण गरेको हो ।
गैरआवसिय जाजरकोटको भेरी नगरपालिका १ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई छात्रवृत्ति वितरण गरिएको अध्यक्ष ज्योति कटुवालले बताइन ।
रूकुम पश्चिमको आठवीसकोट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चौरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको उहाँको भनाई छ । १५ जना छात्राहरूलाई स्कुल पोशाक, स्टेशनरी सामाग्रीलगायत वितरण गरिएको थियो ।
फाउन्डेसनका अध्यक्ष कटुवालले १० कक्षासम्म छात्राहरूलाई निरन्तर सहयोग गर्ने बताइन । छात्रवृत्ति दिइएका छात्राहरूको स्वास्थ्य विमाको जिम्मेवारी पनि फाउन्डेसनले लिनेछ । फाउन्डेसनको स्थापना लगत्तै जाजरकोट केन्द्रविन्दू बनाएर भुकम्प गएकाले तत्काल जाजरकोट र रूकुम पश्चिमका छोरीहरूलाई सहयोग गरिएको बताउँदै आगामी दिनमा कर्णाली अन्य जिल्लाहरूमा पनि छोरीहरूका लागि कार्यक्रम सन्चालन गरिने उनले जानकारी दिइन ।