८४ जनाको मोतीबिन्दू शल्यक्रिया
अमृत बहादुर प्याकुरेल
दैलेख : दैलेखको गुराँस गाउँपालिकामा आयोजना गरिएको निःशुल्क मोतिबिन्तु सल्यक्रियामा ८४ जनाको शल्यक्रिया गरिएको छ । गुराँस गाउँपालिकाको आयोजना नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको साझेदारीमा निशुल्क मोतिबिन्तु सल्यक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त शिविरमा गुराँस गाउँपालिका सबै वडाका नागरिकहरुका लागि निशुल्क रुपमा शिविर संचालन गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालले बताउनुभयो । उहाँका अनुसार शिविरमा ७८५ जनाले सेवा लिएका छन् ।
शिविरमा ११० जनाले चस्मा र ८४ जनाले आँखाको अप्रेशन सेवा समेत निशुल्क पाएका छन् । वषौँ देखिको आँखा खोल्ने सपना पूरा भएको भन्दै धन्यवाद सँगै खुशी व्यक्त गरेका छन् ।
गुराँस गाउँपालिका नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल (एसटिसि) परियोजनाको संयुक्त साझेदारीमा निशुल्क शिविर गरिएको गाउँपालिकाले जनाएको छ ।