चट्याङ लागेर तीन विद्यार्थी घाइते
दैलेख : चट्याङ लागेर दैलेखमा तीन जना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा नौमुले गाउँपालिका –६ स्थित शिवशक्ति माविका कक्षा ५ का अध्ययनरत १० वर्षीय यामबहादुर चन्द, ११ वर्षीय विश्वविकास रावत र कक्षा ७ मा अध्ययनरत १२ वर्षीय छोरी लक्ष्मी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले चट्याङमा घाइते भएका तीनै जनाको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। चन्द र गुरुङको शरीरको विभिन्न भाग जलेको छ भने रावतको पेटमा जलेको जानकारी दिए ।
अपराह्न ४ बजे नौमुले गाउँपालिकाको सल्लेरीमा रहेको शिवशक्ति माविमा बिच भागमा चट्याङ परेको थियो । विद्यालयको बिच भागमा चट्याङ पर्दा विद्यालयमा सामान्य क्षति भएको वडा नः ६ का वडाध्यक्ष लालबहादुर चन्दले बताए ।