नागरिक समाजको संयोजकमा : प्याकुरेल

दैलेख ः नागरिक समाज दैलेखको अध्यक्षमा बालकृष्ण प्याकुरेल सर्वसम्मत चयन भएका छन् । जिल्ल न्यायधिस लगायतको ११ सदस्यीय समितिले बालकृष्ण प्याकुरेललाई संयोजकमा चयन गरेको हो ।
लामो समय सरकारी सेवा पश्चात बिभिन्न सामाजिक कार्य अन्तर्गत जिल्लाकै पहिलो मेलमिलापकर्ताको आधारभुत देखि एडभान्स तालिम समेत लिईसकेका प्याकुरेल जिल्ला अदालत दैलेखमा मेलमिलापकर्ताको रूपमा सहजिकरण गर्दै आएका थिए । नगर बिकास समितिको सभापति हुदै स्थानीय शान्ति समितिको जिम्मेवार प्रतिनिधि भई समाजिक कार्यमा अगुवाको भुमिका निर्वाह गरेको र नागरिक समाजको अगुवाको भुमिकामा रहि नागरिकका सवालमा निरन्तर वकालत गरेका थिए ।
नागरिक समाजको संयोजकको जिम्मेवारी प्राप्त भएपछि प्रतिक्रिया दिदै उनले नागरिकका सवालमा अझै ससक्क्त भएर लाग्ने बताए । उनले समाजमा रहेका सबै वर्गको अवाजलाई सम्बोधन गर्ने र सरकारलाई नागरिक प्रति बढि जिम्मेवार बनाउन आफु लागी पर्ने बताए ।


