छाउँपडि अभियानता देखी राज्यमन्त्री सम्म
कमल शर्मा
दैलेख : दश वर्षे जनयुुद्धको बेला सामाजिक कुसंस्कारमा रहेको छाउ प्रथा हटाउन नेकपा माओवादीले महिनावारी भएर गोठमा सुतेका महिलाहरूलाई जबरजस्ती घरमा ल्याएर राखे । तर माओवादी पार्टी शान्त प्रक्रियामा आएपछि गाउँका प्रत्येक घरमा छाउँगोठहरु ठडिए र महिलाहरु पुन छाउ बार्न गोठमा बस्न थाले ।
माओवादीको ज्यादती मन नपरेको भए पनि माओवादीले सुरु गरेको छाउपडी प्रथा विरुद्धको आन्दोलनले राम्रो लाग्यो गमता बिकलाई । शान्तिप्रियता पछि गाउँमा विभिन्न गैर सरकारी सस्थाहरुले चहल पहल बढ्यो । सामान्य लेखपढ गर्न समेत नसक्ने गमता बिक गाउँमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन थालीन । २०६६ सालमा सशक्तीकरण शिक्षा कार्यक्रम द्वारा सञ्चालन गरेको प्रौढ शिक्षामा सहभागी हुनुभयो । प्रौढ शिक्षा लिएपछि गमताले थाल्नुभयो छाउँपडि अभियान ।
छाउपडी प्रथा विरुद्धको अभियान चलाउन पहिला आफ्नै घर बाट विद्रोह गर्नु पर्ने थियो । त्यस पछि श्रीमान् सँग विद्रोह गर्दै महिनावारी भएको बेला के बिगी्रदो रहेछ भनेर घरमै बस्न थालीन । महिनावारी भएको बेला घरमै बसेका थाहा पाएपछि गाउँलेले बिग्रेको आइमाई भने तर उनी डराइनन । महिनावारी भएकै बेला श्रीमान् घरमा नभएको बेला भैँसी समेत दोएर आफ्ना छोरा छोरीलाई खुवाइन । महिनावारी भएको बेला जबरजस्ती घरमा राख्दा केही नभएको देखेकी उनलाई लाग्यो यसका लागि सबै भन्दा चेतनालाई नै ठुलो कुरा रहेछ ।
सामान्य लेखपढ गर्न मात्र जान्नुभएकी न तलब भत्ता ,न कतैबाट प्रशंसा । उल्टै गाली पाउँदासमेत हरेस नखाएर छाउपडी प्रथा न्यूनीकरणका लागि लागि घरदैलोमा पुगेर महिलाहरूलाई सुसूचित गर्दै छाउ प्रथा धार्मिक अन्धविश्वास भन्ने सन्देश दिइन । उनले महिनावारी भएको बेला पोषणयुक्त खाना खानु पर्छ समेत भनेर भनिन । त्यस अभियानलाई सहयोग गर्न तत्कालीन लकान्द्र –४ की रुपा विक, सिंगौडी –२ की कृष्णा शाही समेतले सहयोग गरेपछि उहाँमा थप हौसला प्राप्त भयो । उनल भनिन हौसला र साथ नदिएको भए मेरो अभियानले सार्थकता पाउने थिएन त्यस कारण यो अभियानमा सहयोग गर्ने उहाँहरूलाई सधैँ सम्झिन्छु । समाजीक कुसस्रका रूपमा रहेको छाउपडी प्रथा हटाउन पहिला महिलालाई नै सचेत पारेको अभियन्ता गमता बिकले बताइन । उनले तत्कालीन गाविसमा रहेका आमा समूह बैठक,सहकारीका बैठकमा जम्मा हुने र त्यहाँ छाउपडी हटाउने प्रस्ताव ल्याएर पास गरेपछि थप अन्य महिलाहरू सो अभियानमा जोडिएको बताइन ।
पहिला धेरैले कुरा काट्दै हिँडे पनि पछि धेरैले बिस्तारै पत्याए । समाज रूपान्तरण हुन केही समय लाग्दो रहेछ सुरुवात कसले गर्ने भन्ने मात्र रहेछ । आजभोलि आफ्नो गाउँघरमा छाउगोठ कमै छन् । सुधारिएको (घरभित्रै) छाउपडी मान्छन् उनले भनिन ।
गाउँमा महिनावारी भएको बेला एकै शौचालय समेत प्रयोग गर्न नपाइने अवस्था थियो अहिले सबैले एकै शौचालय प्रयोग गर्छौ । उनले भनिन प्रत्येक महिनामा कम्तीमा ५ देखि १३ दिनसम्म महिनावारी र सुत्केरी (छाउ) भएका महिलाहरू घरदेखि अलग्गै बनाइएका गोठमा बस्ने प्रचलन हो छाउपडी । स्त्रीको रजस्वलाको अवस्थालाई छुइनेरि, छाउ भएको भन्ने गरिन्छ । जुन गोठहरू स–साना र हावा तथा प्रकाश नछिर्ने खालका हुन्छन् । यसलाई मासिक धर्म हुने, नछुने हुने, पर सराई, रजस्वला, छाउ, पर सरेकी वा नछुने भएकी पनि भनिन्छ । बेग्लै सानो घर, त्यो पनि नहुनेले चौयापासंगै गोठमा, गोठसमेत नभएकाले खुला आकाशमुनि सुत्नुपर्ने बाध्यता छ । आमा, छोरी र बुहारी गर्दै छाउपडीमा बस्ने क्रम दैनिक जसो चलिरहन्छ । छाउपडी बस्दा दूध, दही जस्ता पोषणयुक्त खानेकुरा खुवाइँदैन ।
सामाजिक अभियन्ता भएपछि गाउँले सबैले चिने । त्यसपछि नेकपा एमाले बाट राजनैतिक सुरु गर्नु भएकी उनी पार्टीका विभिन्न कमिटीमा आबद्ध भइन र अहिले पार्टीको प्रदेश कमिटीमा छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर उप प्रमुखको उम्मेदवार भई नेपाली काँग्रेसकी दिपा बोहरा सँग पराजित भएकी उनी यस पटक कर्णाली प्रदेश सभा सदस्यमा समानुपातिक सांसद बनेकी उनी मंगलवार नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी बिकास राज्यमन्त्रीमा नियुक्त भइन । छाउँगोठ बिरुद्ध गाउँमा अभियान चलाएर अभियान्ता भएकी गमता विक कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास राजमन्त्रीमा नियुक्त भएपछि त्यस अभियानमा लाग्ने अन्यमहिलाहरु समेत खुसी भएका छन ।