Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कर्णाली प्रदेश सरकारले पायो पुर्णता,शाहले लिएनन सपथ

सुर्खेत  : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिएका छन । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिएका हुन ।
गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठुला दल एमाले र माओवादी केन्द्रबिच लामो समयको रस्साकस्सीपछि मंगलबार माओवादी र एमालेका तीन÷तीन जना मन्त्री नियुक्त गरेका हुन ।

माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियार नियुक्त भएका छन ।

यस्तै, एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेर बहादुर बुढा राज्यमन्त्रीमा गमता विक, र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन । एमाले बाट भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका बिनोद कुमार शाहले भने आफुले भनेको मन्त्रालय नपाएको भन्दै सपथग्रहण गरेका छैनन ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैँले राख्नुभएको छ।मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रनसिंह परियारलाई विना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको थियो।