Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र


दैलेख  : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल संघिय सरकारका अर्थमन्त्री वर्षमान पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई अब आउने बजेटमा कर्णाली प्रदेशभित्रका गौरवका आयोजनाहरूलाई प्राथमिकता साथ समेट्न भन्दै ध्यानर्कषण पत्र बुझाएका छन ।

नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाह संगै भेट्न गएका कडेलले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन कर्णाली प्रदेशका महत्त्वपूर्ण र रणनीतिक आयोजनाहरू कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर–सुर्खेत चार लेन सडक निर्माण, सुर्खेत विमानस्थल विस्तार, भूकम्प प्रभावित जाजरकोट र रुकुममा पुनर्निर्माण तथा सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानबाट रोक्न निकास खोला नियन्त्रण लगायतका आयोजनाहरूलाई विशेष प्राथमिकतामा राखी दिन आग्रह गरेका छन् ।

चालु आर्थिक वर्षको बजेटमा कर्णाली राजमार्गलाई केन्द्र सरकारले बजेट दिएको थिएन ।