Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

नाम मात्रका स्थानीय सरकार भए,अधिकार दिएन

???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

दैलेख जिल्लाका चार नगरपालिका र सात गाउँपालिका मध्ये ठाँटीकाँध गाउँपालिका साबिकका तोलीजैसी,बिशला,लकान्द्र मिलेर बनेको गाउँपालिका दैलेख जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रदेश (ख)मा पर्दछ । यस गाउँपालिकाको पूर्वमा दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका, उत्तरमा कालिकोट जिल्लाको शुभ कालिका गाउँपालिका पश्चिममा दैलेखको आठवीस नगरपालिका र दक्षिणमा चामुण्डाविन्द्रासैनी नगरपालिका पर्दछ । ठाटीकाँध गाउँपालिका प्राकृतिक सम्पदा, साधन श्रोतमा सम्पन्न भएर पनि आर्थिक रूपले कमजोर रहेको गाउँपालिकाको जम्मा क्षेत्रफल ८८.२२ वर्ग किलोमिटर छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा जनसङ्ख्या १८ हजार ३०१ रहेको छ । लेकाली क्षेत्रमा पाइने निलम ढुङ्गा र जौचौरमा भएको तामा खानी एवम्, फलाम खानीको सम्भावना रहेको छ । स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली काँग्रेस बाट अध्यक्षको उम्मेदवार भई विजयी हुनुभएका गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाह सँग स्थानीय सरकारले गरेका विभिन्न कामहरू र चुनौतीका विषयमा मेरो कर्णाली अनलाइनका सम्पादक कमल शर्माले गर्नुभएको कुराकानीको सारसंक्षेप ।

निर्वाचन भएको करिब दुई वर्ष पुग्नै लाग्यो । यो अवधिको कार्यकाल कसरी लिनुभएको छ ?
स्थानीय तहको नेतृत्व गरे देखी हाल सम्मको कार्यकाल सन्तोष जनक लिएको छु । हामीले निर्वाचनको बेला गरेको चुनावी प्रतिबद्धतालाई प्राथमिकता दिएर काम गरेका छौ । शिक्षा,स्वास्थ्य खानेपानी,पुर्वाधार , निर्माण जस्ता कुरालाई प्रथामिकता दिएर कामहरू धमाधम भइरहेको छन् । अघिल्लो सरकारले सुरु गरेका बहुवर्षिय योजनाहरू सम्पन्न गर्ने नै हामीले प्रमुख दायित्व सम्झेका छौ । त्यही अनुसार हामीले योजनाहरू सम्पन्नको चरणमा पु¥याएका छौ । बिशेष गरी ठाटिकाँध गाउँपलिकामा निर्माणाधीन रहेको १५ शैय्या अस्पताल,अव्यवस्थित बसोबासलाई निस्सा वितरण ,मध्य पहाडी बाट गाउँपालिकाको केन्द्र जोड्ने १४ किलोमिटर सडकको स्तर उन्नति सँगै कालोपत्रे गर्ने तयारी गरेका छौ र ठाटिकाँध गाउँपालिकाको केन्द्रको बजारलाई फराकिलो बनाउने काम गरेका छौँ । त्यो सँगै हामीले गाउँपालिकाको आयोजनामा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता समेत सम्पन्न गरेका छौँ ।

खेलकुद पुर्वधार नभएको गाउँपालिकामा १४ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्नुभयो । कसरी सम्भव भयो ।
१३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हाम्रो छिमेकी पालिका चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सम्पन्न भयो । त्यहाँ पनि खास्सै खेलकुदका पुर्वाधार निर्माण भएका थिएनन् । हामीले त्यही देखेर हामीले आयोजना गर्न सक्छौ भनेर निर्णय ग¥यौ १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न ग¥यौ । हामीले विशेष गरी ठाटिकाँध गाउँपालिका वडा नः २ मा रहेको बिजारे चौरमा दौड प्रतियोगिता सञ्चालन ग¥यौ र विद्यालयको प्राङ्गणमा भलिबल प्रतियोगिता ग¥यौ ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न बजेटको व्यवस्थापन कसरी गर्नुभयो ?
हामीले १४औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्ने निर्णय पहिला नै गरिसहेको हुँदा हामीले नीति तथा कार्यक्रम बनाउँदा नै बजेटको सुनिश्चितता गरेका थियौ । हामीले विनियोजन गरेको भन्दा केही बढी रकम लाग्यो जम्मा ३२ लाख रुपियाँ खर्च भएको छ ।
एक पालिका एक आधारभूत अस्पताल निर्माण सुरु गर्ने नीति थियो । तपाईँको नगरपालिकामा आधारभूत अस्पताल निर्माण कहाँ सम्म पुग्यो ?
ठाटिकाँध गाउँपालिका निर्माण हुनु अगाडी नै हाम्रोमा प्राथमिक स्वास्थ्य केन्द्र थियो । त्यहाँ डाक्टरको समेत दरबन्दीको व्यवस्थापन गरिएको थियो । त्यसैका अधारमा भौतिक पुर्वधार निर्माण पनि भयो तर त्यहाँ गएर सेवा दिने चिकित्सकको अभाव हामीले सधैँ भोग्नु प¥यो । चिकित्सक आउने तर पुन जिल्ला वा अन्य ठाउँमा गइजाने समस्या लामो समय भोगेका कारण नागरिकहरूले दुःख पाउनु पर्ने अवस्था आयो । अहिले भने चिकित्सक निरन्तर पालिकामा बसिदिनुभएका कारण नागरिकलाई स्वास्थ्य सेवा दिन सहज भएको छ । १५ शैय््याको अस्पतालको कुरा छ यो अघिल्लो सरकारको पालिमा ठेक्का लागेको थियो । निर्माण सुरु गरेको तीन वर्ष भएको छ अबको केही महिना भित्र अस्पताल निर्माण कार्य सम्पन्न हुने तयारीमा छ । अस्पताल निर्माण भएमा नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।

शिक्षाको गुणस्तर सुधारका लागी गाउँपालिकाले के–के प्रयास गरेको छ ।
हामी निर्वाचित भएको केही समय पछि ठुलो हावाहुरी चल्यो । जसका कारण धेरै विद्यालयका जस्ता उडायो । बालबालिकाहरू खुल्ला चौरमा बसेर पढ्नु पर्ने अवस्था आएपछि हामीले उक्त विद्यालयको पुनर्निर्माण ग¥यौ । गाउँपालिकाका अधिकांश विद्यालयमा विषयगत शिक्षक नभएका कारण शिक्षामा समस्या भएका कारण विषयगत शिक्षकको व्यवस्था ग¥यौ । गाउँपालिकाको अनुदानमा ७९ जना शिक्षक राख्यौ । तर नेपाल सरकारले नै गाउँपालिका अनुदानमा राखेका शिक्षकलाई तलब खुवाएको रकम समेत बेरुजु निकालेपछि समस्या सिर्जना भएको छ । तथापि अहिले सम्म शिक्षक राखी रहेका छौ तर उहाँहरूलाई तलब खुवाउन समस्या भएको छ । सङ्घीय सरकारले दिने अनुदानमा भारी कटौती भएका कारण पनि शिक्षकले तलब समेत पाएका छैनन् ।
गाउँपालिकाको प्रशासकीय भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको गुनासोहरू आउने गरेका छन् । त्यसका लागी गाउँपालिकाले के पहल गरिरहेको छ ?
हाम्रो पालिकाको केन्द्र साबिकको लकान्द्र गाविसको ठाटिकाँधमा कायम भयो । केन्द्र कायम भएपछि हामीले अन्य ठाउँमा सार्ने कुरा भएन । त्यहाँ रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन बाहेक अन्य सरकारी संरचना पनि थिएनन् । हामीले घर भाडाँमा लिनु बाँहेक अन्य विकल्प नभएपछि घर भाँडामा लिएर कार्यालय सञ्चालन गरेका छौ । स्थानीय तहकोको निर्वाचन भए पश्चात् गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न पहल गरिएको भए पनि जग्गा दाताले जग्गा नदिएका कारण रोकिएको थियो । तथापि हामीले पुन सूचना प्रकाशन गरेर जग्गादातालाई जग्गा दिन अपिल ग¥यौ । त्यही अनुसार ६ रोपनी जग्गा प्राप्त भएको छ । गाउँपालिकाको नाममा कित्ताकाट समेत भइसको अवस्था छ तर हामीले ६ रोपनी जग्गा पास गर्दा लाग्ने ६ लाख दस्तुर तिर्न नसकेको कारण रोकिएको छ । उक्त रकम कतै बाट व्यवस्थापन गरेर हामी हाम्रै कार्यकालमा प्रशासनिक भवन निर्माण गछौँ ।
युवाहरू दिन प्रतिदिन बिदेसिने गरिरहेका छन् । गाउँपालिकाले युवा, महिलाहरूलाई रोजगारमा जोड्न कस्ता खालका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जहाँ पनि त्यही बजेटको कुरा दोहोरिन्छ । हामी सँग आन्तरिक आम्दानी कमजोर छ । ५० लाख राजस्व उठाउने लक्ष्य राख्दा १५ लाख उठ्न हम्मे हुन्छ । अनि हामीले कसरी युवा र महिलाहरूलाई रोजगारी दिने खालका कार्यक्रम सञ्चालन गर्न सक्छौ । त्यस कारण पनि युवाहरूलाई उद्यम वा कृषि पेशमा लगाउन गाह्रो हुन्छ । तर पनि हामीले विभिन्न निकायको साझेदारीमा महिला ,दलित र पिछडिएका वर्गहरूको आय आर्जन हुने खालका विभिन्न कार्यक्रम सञ्चालन गरेका छौ ।
तपाईँको पालिकामा गौरवका आयोजना के के हुन तीनको अबस्था कस्तो छ ?
हाम्रो पालिकामा गौरवका आयोजना धेरै छैनन । पहिलो भनेको १५ शय्याकै अस्पताल हो त्यो निर्माणको अन्तिम चरणमा छ । अर्को मध्य पहाडी राजमार्ग देखी ठाटिकाँध बजार जोड्ने मुख्य सडकको स्तर उन्नति र कालोपत्रे हो त्यो पनि निर्माण हुदैछ । अर्को ठाटिकाँध गाउँपालिकाको केन्द्र रहेको बजारलाई फराकिलो बनाउने काम हो त्यसको निर्माण कार्य चलिरहेकै अवस्था छ । रामाघाट,बासुल्नेहुदै कालिकोटको भर्ता जोडिने सडक निर्माण कार्यको ठेक्का लागेर निर्माणको चरणमा रहेको छ ।

ठाटिकाँध गाउँपालिकाले पर्यटन पूर्वाधार विषयमा के के काम गरिरहेको छ ?
गाउँपालिकाको प्रमुख पर्यटन क्षेत्रहरू मदनताल,नाथेगुफा,भिमपाइला, बढिमालीका,ठुलझरी झरना हुन । हामीले त्यसको पुनर्निर्माण र संरक्षणका लागी धेरै कामहरू गरेका छौ । त्यसको प्रचार प्रसारको अभावका कारण पर्यटन क्षेत्र ओझेलमा परेको छ । त्यसका लागी हामीले आवश्यक नीति निर्माण गर्ने लक्ष्य राखेका छौँ ।
ठाटिकाँध गाउँपालिका अव्यवस्थित र भूमिहीन सुकुम्वासीका लागी के के काम गरिरहेको छ ?
ठाटिकाँध गाउँपालिकाको प्रमुख केन्द्र ठाटिकाँध बजारमा तत्कालीन माओवादी पाटीले चलाएको जनसत्ताका बेला ९६ घरलाई अस्थायी पुर्जा दिएको थियो । त्यति बेला वितरण गरिएको अस्थायी पुर्जा जसका नाममा थिए त्यसलाई हामीले व्यवस्थित गर्नका लागी अव्यवस्थित बसोबास भनेर भूमि आयोगमा पठायौँ र त्यसका आधारमा भूमि आयोगको सहयोगमा जग्गाधनीलाई जग्गाको निस्सा वितरण गरेका छौ । अन्य सुकुम्वासी भएकाहरूको लागत संकलन गरेर समेत भूमि आयोगमा पठाएका कारण भूमि आयोग र पालिकाको सहयोगमा त्यो काम पनि छिटै सम्पन्न गछौँ ।
.स्थानीय सरकार प्रदेश सरकार र सङ्घीय सरकार बिच काम गर्दा समन्वय कसरी गरिराख्नु भएको छ ?
संविधानले परिकल्पना गरेको तीन तहका सरकार बिच समन्वय,सहकार्य र सहअस्तित्वको व्यवस्था गरिएको छ । त्यो खास्सै तालमेल भएको अनुभव प्राप्त गर्न सकिएको छैन । सङ्घीय सरकारले पठाउने अनुदानका रकम पटक पटक कटौती गर्ने समस्या छ । त्यस्तै प्रदेश सरकार बाट समेत गाउँपालिका सँग समन्वय नगरेर योजना हाल्ने हुँदा प्रदेशको त कुरै नगरौँ । खासमा संविधानले जुन परिकल्पना गरिएको थियो त्यो अनुसारको सिहदरवारको अधिकार गाउँ सम्म पुग्न सकेको छैन । गाउँपालिकाको आफ्नो आन्तरिक आम्दानी कमजोर हुँदा पालिकामा भने जसरी हामीले काम गर्न सकेका छैनौ । स्थानीय सकार भनेका माग्ने मात्र हुने भन्ने प्रदेश सरकार र सङ्घीय सरकारलाई पर्ने गरेको छ । जब सम्म तीन तहका सरकार बिच समन्वय,सहकार्य र सहअस्तित्वको भावनामा एकरूपता हुँदैन तब सम्म यो व्यवस्था प्रति नागरिकको वितृष्णा पैदा गर्ने मात्र काम हुन्छ ।

गाउँपालिकाका आगामी रणनीति के छन् ।
गाउँपालिकाका आगामी रणनीति वा नीति भनेको गाउँपालिकामा रहेको विभिन्न खानीहहरुको उत्खननका लागी सङ्घीय सरकार सँग अनुरोध गर्ने ,कृषि क्षेत्रलाई व्यवस्थित गर्ने,शिक्षा स्वास्थ्य ,खानेपानी लगायतका पुर्वाधार निर्माण गर्ने योजना लिएका छौँ ।