सेवाग्राहीका गुनासा सुन्न “१ घण्टा”
कमल शर्मा
दैलेख : सेवालिन आएका सेवाग्राही नागरिकका गुनासा सुन्न “१ घण्टा” समय निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखका सेवालिन आएका सेवाग्राही नागरिक संग प्रमुख जिल्ला अधिकारीको “१ घण्टा” समय निर्धारण गरिएको छ । दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले हरेक दिन सेवाग्राही संँग सेवा प्रवाहका विषयमा सेवाग्राही सँंग “१ घण्टा” कार्यक्रम सुरु गरेका छन । हरेक दिन १ बजे सम्म सेवा दिएका सेवाग्राही र सेवा लिन बाँकी रहेका सेवाग्राही संग कार्यालयले प्रवाह गरिरहेको सेवा र त्यसको प्रभावकारीता सम्बन्धी नागरिकका गुनासा सुन्ने उद्देश्यले प्रुमख जिल्ला अधिकरी संग सेवाग्राही संग एक घण्टा कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय दैलेले जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सेवा प्रवाहलाई सहज बनाउने,सबै नागरिक सहज पहुँचमा प्रमुख जिल्ला अधिकारीलाई पु¥याउने,नागरिकका समस्यालाइए आफै सम्बोधन गर्ने,कर्मचारीको ब्यबहार सम्बन्धी सेवाग्राही नागरिक संग बुझने ,स्थानीय तहमा देखिएका बेतीथी,बिकृति,समाजिक कुसस्कार,घरेलुहिंसा,नागरिकता संसोधन,सार्वजनिक विकास,शिक्षा स्वास्थय खानेपानी लागयतका सवालमा जानकारी लिने उद्देश्उले प्रमुख जिल्ला अधिकारी संग सेवाग्राही “१ घण्टा” कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
उनले नागरिक वडापत्रमा लेखेर कार्यन्वयन नगर्ने परिपार्टीको अन्त्य गर्ने र यो अभियान सबै सरकारी कार्यालयमा संञ्चालन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको बताए । उनले भने जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सामान्य नागरिकको पहुँच प्रमुख जिल्ला अधिकरी संग हुदैन उनीहरुलाई प्रमुख जिल्ला अधिकारी पनि समान्य नागरिक हो भन्ने सझा बुझाई गर्न यो अभियानले सहयोग पु¥याउछ । प्रत्येक कार्यालयमा अभियान संचालन गर्न कार्यालय प्रमुखको बैठक बाट निर्णय गराएर त्यसलाई कार्यान्वयन गर्न पहल समेत गरिने प्रजिअ भुसालको भनाईछ ।
भगवतीमाई गाउँपालिका –५ का कृष्ण बहादुर बिकले पहिलो पटक प्रमुख जिल्ला अधिकारी संग कुराकानी गर्न पाएको र आफ्नो कुरा राख्न पाएको बताए । उनले आफ्नो नागरिकता बनाउन आएको र कर्मचारीले आफुलाई गरेको ब्यबहार समेत प्रमुख जिल्ला अधिकारी संग राख्न पाएकोमा खुसी लागेको बताए । उनले भने च सिडियो सावले गाउँघरमा भएका विकास निर्माण, बिकृति बिसंगती,जातीय बिभेद लगायतका सवालमा आफुहरु संग सोध्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाट प्रवाह गरिएको सेवाको मात्र नभएर जिल्लामा रहेका सरकारी कार्यालय बाट समेत सेवाग्राही नागरिकले कसरी सेवा लिइरहेका जिल्लाको शान्ती सुरक्षा,विकास निर्माण,भ्रष्टाचार लगायतका सवालमा नागरिकले सहजै कुरा राख्न सक्ने वाताबरण बनाउनका लागी पनि यो अभियान महत्वपुर्ण हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।