Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

भर्ना अभियानमा समेटिएनन राउटे बालबालिका


दैलेख :  सरकारले प्रत्येक समुदायमा पुगेर समयमै भर्ना समयमै ज्ञान,गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नाराका साथ विद्यार्थी अभियान २०८१ संचालन गरिरहेको भएपनि पश्चिम नेपालका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका बालबालिका सम्म विद्यार्थी भर्ना अभियान पुग्न नसक्दा विद्यार्थी भर्ना अभियानमा राउटेबालबालिका समेटन्न सकिरहेका छैनन । राउटे समुदायका तीन मान्यता छन । लेखपढ नगर्ने,एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने यही मान्यतामा रहेका राउटे समुदाय पछिल्लो समय सामाजिक संस्कार संग जोडिदै आएको भएपनि विद्यार्थी भर्ना अभियानमा जोडन् नसक्दा राउटे समुदायका बालबालिका विद्यार्थी भर्ना अभियानमा समेट्न कठिन भएको पाइएको छ ।

राउटे परियोजना संञ्चाल गरिरहेको एक गैर सरकारी सस्थाका जोेडि शिक्षक लाल बहादुर खत्रीले बालबालिकामा पढ्ने इच्छा भएको भएपनि अभिभावकले नै पढ्न नदिने गरेको बताए । उनले बालबालिकालाई बिगत ६ वर्ष देखी नाम लेख्न र अक्षर सिकाउन लागिएको भएपनि पढ्नका लागी समुदाय बसेको ठाउँ भन्दा अली टाढाँ लिएर सिकाउने काम गरिरहेको बताए । उनले भने राउटे बालबालिका पढ्न चाहान्छन त्यही अनुसार हामीले अक्षर चिनाउन सिकाएका छौ उनीहरुले सहज रुपमा विभिन्न चित्र बनाउने र आफ्नो नाम लेख्न सक्छन । सामाजिक सुरक्षाभत्ता वितरणको भरपाईमा समेत हस्ताक्षर गर्दछन । राउटे समुदायमा पाँच वर्ष देखी १८ वर्ष उमेर समुहका ५५ जना बालबालिका रहेका छन ।

 

राउटे समुदायका १२ वर्षिय नर बहादुर शाहीले आफुहरुलाई पढन मन लागेको भएपनि आफना मुखियाले पढन नदिने गरेको बताए । उनले फिरन्ते जीवन बिताउँदै आएका राउटेले आफ्नो सस्कार भुल्ल नहुने हुदैन भन्ने मान्यताका कारण आफुहरु पढ्न नपाउने गरेको बताए । उनले भने हामीले अक्षर चिनेका छौ हामी विद्यालय जान चाहान्छौ तर हाम्रो मुखियाले मान्दैन ।

राउटे मुखिया सुर्यनारयण शाहीले राउटे समुदायले पढन नहुने कुरामा अडिग रहेको बताए । उनले अहिलेनै पढ्न लेख्न लागेको खण्डमा जंगलको राजाको अस्तित्व संकट पर्ने हुँदा बालबालिकालाई पढ्न नदिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो हाम्रा बालबालिकाले अक्षर चिनेका छन अहिले त्यती भए पुग्छ बिस्तारै परिवर्तन हुदै पढ्ने कुरा पनि हुन्छ ।

चमुण्डाबिन्द्रासैनी नगरपालिका –७ पाल्तडामा रहेको कर्णाली जनचेतना आधारभुत विद्यालयका प्रधानाध्यापक हिम प्रसाद चौलागाईले राउटे समुदायमा विद्यार्थी भर्ना अभियान लगेर गएको भएपनि आफुहरुलाई बस्तीमा पस्न नदिनएको गुनासो गरे । उनले आफ्नो विद्यालयकै छेउमा बस्ती भएका कारण बस्तीमा विद्यार्थी भर्ना अभियान लिएर गएका थियौँ राउटे मुखियाले प्रहरीलाई भनेर हामीलाई बस्तीमा छिर्न दिएनन । पुन एक पटक घरदैलो अभियान लिएर बस्तीमा जादैछौँ । ज्ांगलका राजा हौँ हामीलाई यतिकै छोड्दिनुहोस भन्ने राउटे समुदायको भनाइले समुदायका बालबालिकालाई भर्ना गर्न कठिनाई हुने राउटे संग काम गर्ने ब्यक्तिहरुले बताएका छन ।

कणाली प्रदेश सरकार समाजिक बिकास कार्यायल दैलेख महेशकेशर खनालले सिमान्तकृत तथा लोपउन्मुख समुदाय, राउटे,माझि,कुमाल,बादी गन्धर्भ जातीका लागी शिक्षा प्रर्बद्धन कार्यक्रम रहेको र त्यसैका आधारमा राउटेहरुको माग अनुसार कार्यक्रम संचालन गरिने बताए । उनले राउटेहरुलाई बिगतमा स्वास्थ्य सामाग्री वितरण गरिएको र यस पटक काठका समाग्री निर्माण गर्ने वा अन्यबन्दोबस्तीका सामाग्री वितरण गर्ने सल्लाह गरिरहेको बताए ।

जिल्ला शिक्ष विकास तथा समन्वय एकाइका दैलेखका निमित्त प्रमुख रतन बिष्टले राउटेहरुको शिक्षाका लागी सरकारलेले नै बिशेष खालको शिक्षा नीति ल्याउने पर्ने बताए । उनले सरकारले थालेको विद्यार्थी अभियानले राउटे समुदायका नागरिकलाई भर्ना अभियानमा समेटन कठिन भएको बताउँदै राउटे समुदायका बालबालिकाको शिक्षाका लागी सरकारले शिक्षक नियुक्त गरी बस्तीमा पढाउने र पछि विद्यालयमा भर्ना गर्ने अभियान चलाउनु पर्ने बताए ।