सरकारी अनुदानको बेथीती खोजी गर्दै गाउँपालिका
दैलेख : डुगेश्वर गाउँपालिकाले गाउँपालिकाको रेडियो स्थापनाका लागी पाँच लाख रुपिँया अनुदान दिने निर्णय ग¥यो । पाँच लाख अनुदान दिने निर्णय बमोजिम रेडियो स्थापनाका लागी सामाग्री खरिद बापतको एक लाख ५० हजार रुपिँया गाउँपालिकाले भुक्तानी दियो । आर्थिक वर्ष २०७६÷०७७ मा कार्यपालिकाको बैेठकबाटै निर्णय गरि रेडियो स्थापनाका लागि छुट्याइएको रकम विचौलिया मिलेर स्वाहा पारिदिएको पाइएको छ ।
बहुमतको आधारमा कार्यपालिकाबाट निर्णय भई रेडियो स्थापनाका लागि रातो (बजेट किताव) कितावमै पाँच लाख वजेटको व्यवस्थापना भएको थियो । उक्त शिर्षकमा विनियोजित वजेट मध्ये पालिकाले स्थानीय अमर मल्ललाई रेडियो स्थापनाका लागि सामान खरिद गर्न भन्दै भुक्तानी दियो । रेडियो स्थापनाका बाँकी प्रक्रिया पु¥याउन नसकेपछि अन्य रकम भने पालिकाले रोकेको थियो । डुगेश्वर गाउँपालिकाका योजना अधिकृत देबेन्द्र खड्काले रेडियो स्थापनाका लागी गाउँपालिकाले पाँच लाख रुपिँया दिने निर्णय गरेको भएपनि एक लाख ५० हजार मात्र भुक्तानी गरिएको बताए । उनले भने रेडियो स्थापनाका लागि लगिएको रकम कहाँ कसरी खर्च भयो थाहाँ भएन रेडियो पनि स्थापना भएन यस विषयमा खोजी गर्नुपर्दछ ।
यति मात्रै होइन उक्त रेडियो स्थापना गर्ने भन्दै स्थानीय नागरिकसँग मल्लले थप रकम संकलन गरेका थिए । तर, मल्लले न रेडियो स्थापना गरे नत रेडियोका लागि आवश्यक कुनै पनि सामाग्री नै खरिद भयो । मल्लले राजनीनितक संरणमा सरकारी रकम दुरुपयोग गरेपछि अहिले यो विषयमा सतहमा आएको हो । ‘आर्थिक वर्ष २०७६÷०७७ मा रेडियो स्थापना गर्ने भनेर रातो किताबमै पाँच लाख रकम छुट्याइएको थियो,’ स्थानीय मानबहादुर रावतले प्रश्न गरे ‘राज्यले रेडियो बनाउन भनेर दिएको पैसा कहाँ गयो ? त्यो रेडियो कहाँ बनेको छ ? यसको हिसाव हामीलाई चाहियो ।’काम नगर्ने तर शक्तिको दुरुपयोग गरी राज्यलाई हानिनोक्सानीमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याएर रकम असुल हुनुपर्ने माग उनको थियो ।
यस्तै दैलेखको डुङ्गेश्वर गाउँपालिकामा निर्माणधिन हाइड्रो पावरमा पालिकाले भुक्तानी २५ लाख रुपिँयाको समेत खोजी गरिएको थियो । पालिकाले उक्त हाइड्रोमा शेयर लगनी गर्न भन्दै आर्थिक वर्ष २०७६÷०७७ मा २५ लाख रुपियाँ भुक्तानी दियो । पालिकामा बन्न लागेको आयोजनाका लागि शेयर लगानी गरेर अपनत्व लिन भन्दै पालिकाले रकम भुक्तानी दिएको थियो । तर, पालिकाले लगानी गरेको सो हाइड्रो निर्माण हुन नसकेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
यस्तै गाउँपालिकाले अनुदानका नाममा वितरण गरिएको सरकारी रकममा पनि बदमासी भएको स्थानीयको दावी छ ।
डुगेश्वर गाउँपालिका –३ का डम्बर बहादुर वाग्लले सरकारी बजेट आफन्त रिझाउने नाममा वितरण गरिएको र वास्तविक किसानले अनुदान नपाउने गरेको उल्लेख गर्दै भन्नुभयो, ‘स्थानीय तहले पशुपालन, कृषि लगायत विभिन्न शिर्षक अन्र्तगतका योजनामा अनुदान बापतको रकम बाड्ने गरेको भएपनि आवश्यकता भन्दा पनि आफन्तलाई अनुदानको रकम बाड्न स्थानीय तह उद्दत रहेका छन्, यसको निष्पक्ष छानविन हुन आवश्यक छ ।’
३० चैतमा डुगेश्वर गाउँपालिका र विषयगत कार्यालय बाट प्रवाह गरिएको गुणस्तरीय विकास र सेवा सुबिधाको प्रभावकारीता सम्बन्धि सार्वजनिक सुनूवाई कार्यक्रममा नागरिकले सरकारी बजेट आफ्ना मतदातालाई रिझाउने नाममा वितरण गरिएको अनुदानको रकम दुरुपयोग भएको प्रश्न गरेपछि सरकारी अनुदान प्राप्त गर्ने ब्यक्ति र त्यसको सदुपयोग वा दुरुपयोग सम्बन्धी छानविन गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले सथानीय सरकार स्थापना भए देखि हालसम्म विभिन्न अनुदानका नाममा वितरण गरिएका सरकारी बजेटको सोधीखोजी गर्ने निर्णय गरेको हो ।
डुगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले गाउँपालिकाबाट वा सरकारी नियकायबाट वितरण गर्ने गरिएको अनुदानको रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ भन्ने अनुगमन गर्ने संयन्त्र नभएका कारण नागरिकहरु असन्तुष्ट भएपछि त्यसको वास्तविक खोजी गर्ने निर्णय गरिएको बताए । उनले भने ‘स्थानीय सरकार गठन भएदेखी हाल सम्म वितरण गरिएका सम्पुर्ण अनुदान रकमको खोजी त्यसको सदुपयोग वा दुरुपयोग भएको छ छानबिन गर्ने उद्देश्यले उक्त निर्णय निर्णय गरेका छौं ।