Loading... आजः बिहिबार, जेष्ठ ३, २०८१
Trending

कर्णालीको मुख्यमन्त्रीमा एमाले नेता कँडेल नियुक्त


सुर्खेत  :   कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार अपराह्न कँडेललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । त्यसअघि कँडेलले एमाले, माओवादी र नेकपा एसका गरी कुल २३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्ष मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका थिए ।

 

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् ।गत बुधबार मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए ।
४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन चाहिने आवश्यक संख्या २१ हो । जसमा गठबन्धनको पक्षमा २४ जना (सभामुखसहित) सांसद छन् ।