Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले दिए राजीनामा


सुर्खेत  :   कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्। बुधबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन्।

केन्द्रको सत्ता समीकरण परिवर्तनको असर प्रदेशमा परे पनि उनले पदबाट राजीनामा दिएका हुन्। सो क्रममा मुख्यमन्त्री शर्माले संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए।

उनले सत्ता समीकरणका फेरबदलका कारण नियमित काममा अवरोध भएको समेत अनुभव सुनाए। राजनीतिक समीकरणमा भएको परिवर्तनले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था आएको उनले बताए। उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकारात्मक भएर लाग्नुपर्ने धारणा राखेका छन्।  कर्णालीमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सत्तारूढ दलबीच सहमति भएसँगै मुख्यमन्त्री शर्माको राजीनामा आएको हो। कर्णाली प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गरेका शर्माले प्रदेश प्रमुख तिलक परिवार समक्ष समेत राजीनामा पेश गरिसकेका छन ।