कृषि उत्पादन र बजारको प्रवद्र्धन जरुरी : सभापति थापा
दैलेख : संघीय संसद प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति एवम दैलेख क्षेत्र नं १ का साँसद अम्मरबहादुर थापाले सहकारीले कृषि उत्पादन र बजारको प्रबद्र्धन गर्न जरुरी रहेको बताएका छन ।
जिल्ला सहकारी संघ लिमिटेड दैलेखले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजना गरेको सहकारीहरुमा देखिएका समस्या समाधानका लागि स्थानीय सरकार र सहकारीर्मीहरुवीचको अन्तरक्रिया कार्यक्रममा उनले गरिबी निवारणका लागि कृषि उत्पादनमा बढावा र बजारको प्रवन्ध गर्न आग्रह गरे ।
राष्ट्रियसभा सदस्य सावित्री मल्लले स्थानीय सरकार विपन्न जनताहरुको जीवनस्तर उठाउनको लागि गठन भएको भन्दै सहकारीहरुको समन्वयका मगर्न आवश्यक रहेको बताइन ।
राष्ट्रिय सहकारी संघ केन्द्रीय सञ्चालन समितिका सदस्य हरिहरनाथ योगीले सहकारीका सञ्चालकहरुले ऋण लिने, आफन्त ऋण दिने, व्यावसायिक योजना नहेरी लगानी गर्ने गरेको कारण सहकारीहरुको ऋण असुली समस्या रहेको उल्लेख गर्दै सहकारी सञ्चालकहरुमा इमान्दारिता र सरकारको तर्फबाट नियमन बढाउनुपर्ने आवश्यकता रहेको बताए ।