Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

शान्ति सुव्यवस्था र अपराध नियन्त्रण प्रमुख प्रमुख लक्ष्य : प्रहरी प्रमुख दहाल

दैलेख  :   जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दहालले समाजमा शान्ती सुब्यबस्था र अपराध नियन्त्रण प्रमुख लक्ष्य रहेको बताएका छन । नयाँ प्रहरी प्रमुखका रुपमा दैलेख पुगेका दहालले जिल्लामा क्रियाशिल पत्रकार संग सोमवार आयोजना गरिएको परिचयात्मक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन । उनले भने शान्ति सुरक्षा कायम गर्ने काम कानूनले प्रदत्त गरेको अधिकार क्षेत्र भित्र रहि काम गर्ने बताए ।

१६ वर्ष अघि प्रहरी इन्स्पेक्टरबाट सेवा थालनी गरेका डीएसपी दाहाल आइतबार मात्र दैलेख प्रहरी प्रमुखको जिम्मेवारीमा आएका हुन । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजाल, जिल्ला अध्यक्ष यज्ञराज थापा लगायतका पत्रकारहरुले जिल्लामा शान्ति सुरक्षा र सुशासन प्रभावकारी बनाउने विषयमा प्रहरी र पत्रकारहरुको सहकार्यता विषयमा सुझावहरु दिएका थिए ।
ग्रामीण सडकहरुमा सञ्चालन हुने रातो प्लेटका निजी बोलेरोले सार्वजनिक सवारी साधन सरह खचाखच यात्रु बोक्ने गरेको, प्रहरीमा आउने मुद्दामा दलाली गर्नेदेखि सावधानी अपनाउन र लैंगिक हिंसा लगायत विभेद तथा असमानता घटनामा शुन्य सहनशीलता अवलम्बन गर्न पत्रकारहरुले आग्रह गरेका थिए ।