१३ विद्यालयलाई नमुना विद्यालय बनाउदै कर्णाली प्रदेश सरकार
सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा रहेका दश जिल्लाका १३ सामुदायिक विद्यालयलाई नुमना विद्यालय बनाउने तयारी गरेको छ । एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवम् शिक्षण सिकाइ सुधार शिक्षकको पेसागत सहयोग कार्यक्रममार्फत १३ विद्यालयलाई नमुना विद्यालय बनाउन लागिएको बताइएको छ ।
सार्वजनिक शिक्षा सुधारसम्बन्धी कार्यविधि २०८० अनुसार प्रस्ताव पेस गरेका विद्यालयमध्ये मन्त्रीस्तरीय निर्णयबाट १३ विद्यालय छनोटमा परेको
शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिइन । सुर्खेत, दैलेख, डोल्पा, जुम्ला, कालीकोट र मुगुमा एक÷एक विद्यालय छनोटमा परेका छन् भने जाजरकोट, सल्यान र रुकुमपश्चिममा दुईदुई विद्यालय निर्माण गर्न छनोट गरिएको छ ।