Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

उत्तरपुस्तिका हराएको विषयमा छानबिनका लागि उच्चस्तरीय समिति गठन

 

काठमाडौं  :   त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको दुई विषयहरुको उत्तरपुस्तिकाको पोकै हराएको औपचारिकरुपमा स्वीकार गरेको छ । यसअघि यस विषयमा परीक्षा नियन्त्रण कार्यालयले गोप्यरुपमा छानबिन गरिरहेको समाचार नेपाल प्रेसले पहिलो पटक प्रकाशित गरेको थियो ।

बिहीबार त्रिविले विज्ञप्ति जारी गर्दै उच्चस्तरीय छानबिन समिति गठन गरेको जनाएको छ। ३ सदस्यीय समितिको संयोजक पूर्वरजिष्ट्रार प्रा डा चन्द्रमणि पौडेल छन् । समितिलाई आगामी ३० दिनभित्र प्रतिवेदन पेश गर्न त्रिविले भनेको छ ।

मानविकी तथा सामाजिक शास्त्रअन्तर्गतको जनसंख्या तथा स्वास्थ्यतर्फको विषय कोड नं ४१२ र शिक्षा शास्त्रतर्फको शिक्षाको आधार विषय कोड नं ४१२ विषयको उत्तरपुस्तिकाको पोकै हराएको थियो । त्यस्तै, त्रिविले उत्तरपुस्तिका हराएका दुवै विषयका परीक्षा पनि त्रिविले यही चैत २१ गतेदेखि गराउने भएको छ ।