Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

करेन्ट लागेर कालीकोटमा दुई जनाको मृत्यु

कालीकोट  :   कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर शनिबार बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो ।

विद्युतको सबस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहराले जानकारी दिए ।
‘गाडेको विद्युतको पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत् प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो’, उनले भने, दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।साभार अनलाइनखवर