Loading... आजः सोमवार, बैशाख १७, २०८१
Trending

एक हजार सात सय ६५ले पाए जग्गाको निस्सा


दैलेख  :   दैलेख जिल्लाका ११ स्थानीय तह मध्ये आठ स्थानीय तहका भुमीहिन दलित,सुकुम्बासी र अब्यबस्थीत बसोबास गर्दै आएका एक हजार ७६५ जना लाभग्राहीलाई जग्गाको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भुमी आयोग जिल्ला समितिले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा फागुन २० गते सम्म एक हजार ७६५ जना लाभग्राहीलाई जग्गाको निस्सा वितरण गरिएको जानकारी दिएको छ ।

राष्ट्रिय भुमी आयोग जिल्ला समन्वय समितिका बिज्ञ सदस्य बखत बहादुर कटुवालले जिल्लाको आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिका बाहेक आठ स्थानीय तहका एक हजार ७६५ जना लाभग्राहीलाई जग्गाको निस्सा वितरण गरिएको जानकारी दिनुभयो । उहाँले डुगेश्वर गाउँपालिकाको वडा नः १ बेलपाटा बाहेक अन्य ६ वडाको निबेदन संकलनको काम भइरहेको र त्यसको वितरण पछि गर्ने बताए ।
उहाँले दिनुभएको जानकारी अनुसार नारायण नगरपालिकामा भुमीहिन दलित ५७,भुमीहिन सुकुम्बासी १५ जना र अब्यबस्थीत बसोबासीको संख्या दुई सय ४० गरी तीन सय १२ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । त्यस्तै दुल्लु नगरपालिकामा भुमीहिन दलित ५९,भुमीहिन सुकुम्बासी ७ जना र अब्यबस्थीत बसोबासीको संख्या तीन सय २१ गरी तीन सय ९५ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ ।

ठाटिकाँध गाउँपालिका भुमीहिन दलित ११ ,भुमीहिन सुकुम्बासी ६ जना र अब्यबस्थीत बसोबासीको संख्या दुई सय ९० गरी तीन सय दई जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । भैरवी गाउँपालिका भुमीहिन दलित २ जना ,भुमीहिन सुकुम्बासी ६ जना र अब्यबस्थीत बसोबासीको संख्या एक सय २८ गरी एक सय ३६ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । त्यस्तै नौमुले गाउँपालिका भुमीहिन दलित ३ ,भुमीहिन सुकुम्बासी १९ जना र अब्यबस्थीत बसोबासी ५३ जना गरी ७५ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ ।

भगवतीमाई गाउँपालिका भुमीहिन दलित १२ ,भुमीहिन सुकुम्बासी ४ जना र अब्यबस्थीत बसोबासी १२२ गरी एक सय ३८ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । डुगेश्वर गाउँपालिका वडा नः १ बेलपाटामा रहेका भुमीहिन दलित ४ ,भुमीहिन सुकुम्बासी १ जना र अब्यबस्थीत बसोबासी ९ गरी ९ जनालाई निस्सका वितरण गरिएको र अन्य वडामा निबेदन संकलनको कार्य चलिरहेको भुमी आयोग जिल्ला समिति दैलेखले जानकारी दिएको छ । महावु गाउँपालिकाका भुमीहिन दलित ४,भुमीहिन सुकुम्बासी शुन्य र अब्यबस्थीत बसोबासीको संख्या ३० जनालाई जग्गाको निस्सा वितरण गर्न बाँकी रहेको छ । जिल्लाको आठबिस नगरपालिकामा भुमीहिन दलित ९ ,भुमीहिन सुकुम्बासी ५ जना र अब्यबस्थीत बसोबासीको संख्या एक सय गरी एक सय गरी एक १४ जनाको निबेदन परेको र निस्सा वितरण गर्न बाँकी रहेको जनाएको छ । गुराँस गाउँपालिकाका भुमीहिन दलित १० ,भुमीहिन सुकुम्बासी ४ जना र अब्यबस्थीत बसोबासी दुई सय ३६ संख्या दुई सय ५० जनाले आवेदन दिएको र जग्गाको निस्साको विवरण वितरण गर्न बाँकी रहेको छ ।