Loading... आजः सोमवार, बैशाख १७, २०८१
Trending

सामाजिक सुरक्षा भत्ताले कुचिकारलाई सम्मान


दैलेख  :   नारायण नगरपालिका दैलेखमा कार्यरत कुचिकारलाई सम्मान गरिएको छ । नागरिक आन्दोलनकी अगुवा समाजसेवी इन्दिरा थापाले आफनो सामाजिक सुरक्षा भत्ताबाट नगर सफाइमा खटिँदै आएका ५ जना कुचिकार र २ जना सवारी चालकलाई नगदसहित सम्मान गरेकी हुन । पद र पावरमा रहेका ब्यक्तिका पछाडी लाग्ने र सामान्य नागरिकलाई गर्नुपर्ने ब्यबहार समेत नपाएपछि आफुले पाउने सामाजिक सुरक्षाभत्ता बाट कुचिकारलाई सम्मान गरिएको बताइन ।

दिनानुदिन बढ्दै गएको सहरीकरणको चपेटामा जनस्वास्थय जोखिममा परेको बेला नगरलाई स्वच्छ राख्न सरसफाइ कर्मचारीलाई गरिएको सम्मानले ढाडस मिलेको सहभागीले प्रतिक्रिया दिएका थिए। यस्ताखाले सम्मानले कामप्रति थप जिम्मेवार बन्न प्रेरित गर्ने र ऊर्जा मिल्ने विश्वास गरिएको छ ।